मेचीनगर, १३ भदाै । उपभोक्ता जागरण अभियान नेपालकाे मेचीनगर कार्यसमितिले पूर्णता पाएकाे छ ।
शनिबार बसेकाे पहिलाे वैठकले अभियानकाे मेचीनगर कार्यसमितिले पूर्णता पाएकाे हाे ।
यही भदाै ७ गतेकाे दाेस्राे अधिवेशनले रचना घिमिरेकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे थियाे ।
कार्यसमितिलाई आज पूर्णता दिइएकाे हाे । पहिलाे वैठकले अध्यक्ष पदमा रचना घिमिरे, उपाध्यक्षमा केपी शिवाकोटी, सचिवमा सुष्मा राजबंशी, सहसचिवमा अनिता खनाल गुरागाई र काेषाध्यक्षमा सारथी राजबंशीलाई निर्णय गरेकाे छ ।
यसैगरी सदस्यहरूमा मञ्जु वस्नेत, सीता गिरी पुरी, मीरा काफ्ले पाेखरेल, विशाल घिसिङ, राहुल बाँस्काेटा, तारा आचार्य, कुमारी सापकाेटा कार्की र किरण गाैतमलाई चयन गरिएको छ ।
मेचीनगरमा २ वर्षअघि गठन गरिएको समितिमा रचना घिमिरेकै अध्यक्षतामा महिला मात्रकाे समिति बनाइएकाे थियाे । नगर समितिलाई अझ चुस्त, सक्रिय र प्रभावकारी बनाउनका लागि यसपटक पुरूषहरूलाई समेत समेटिएको छ ।
वैठकमा अभियानका केन्द्रीय सदस्य माेहन काजी, जिल्ला सदस्य अर्जुन कार्की, आमन्त्रीत अतिथि माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गाेविन्द घिमिरे लगायतले नयाँ कार्यसमितिलाई बधाईसहित शुभकामना दिएका थिए ।
वैठकले भर्खरै चीनकाे तिब्बत तर्फबाट रसुवामा भाेटेकाेशीकाे बाढीले ज्यान गुमाएकाहरूलाई भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूकाे सीघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मार्सेली, केन्द्रीय सदस्य निलकण्ठ तिवारी, माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गाेविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी वैठकले स्कुलकाे १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य र मदिराहरू बिक्री वितरणमा प्रतिबन्ध र आउँदै गरेका महान चाडपर्वहरूलाई मध्येनजर गरेर बजारमा अचाक्ली मंहगी बढ्दै गएकाेले त्यसलाई राेक्न तत्काल सहकार्य गरेर अनुगमन गर्न स्थानीय सरकार मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरेकाे छ ।
वैठकमा कार्यसमितिकाे परिचायत्मक कार्यक्रममा भावी याेजनाका विषयमा घनिभूत छलफल समेत भएको थियाे ।
अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेकाे अध्यक्षतामा वैठक सम्पन्न भएको थियाे ।




Discussion about this post