९ आश्विन २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जेसीजकाे क्षेत्र ´क`सम्मेलन चारआलीमा हुँदै

अशोज ९, २०८३, २:४७ .शुक्रबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

चारआली, ९ असाेज । झापाकाे चारआलीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरू भएको छ ।

चारआली पार्टी प्यालेसमा सुरू भएको सम्मेलनकाे उद्घाटन सन २०२६ का नेपालका लागि निरुपित जेसीआई उपाध्यक्ष सिनेटर केन्जो सुजुकीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुजुकीले युवाहरूलाई स्पष्ट उद्देश्य निर्धारण गरी ´एम्, एक्ट र एचिभ` तथा ´द पावर अफ जेसीज` लाई कार्यान्वयन गर्दै अघि बढ्नु पर्नेमा जाेड दिएका थिए ।

उनले युवाको नेतृत्व विकाससँगै स्थानीय व्यापार, आर्थिक र पर्यटकीय गतिविधिमा सक्रिय रहनेमा आशावादी रहेकाे दावी गरे ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, निवर्तमान राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा, निरुपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई, सम्मेलन समितिका सभापति योगेश राजबंशी लगायतले युवाहरू समाज रूपान्तरणका मुख्य संवाहक भएको बताएका थिए ।

पूर्व क्षेत्रका ४६ भन्दा बढी जेसीज शाखाहरूबाट करिब ५ सयबढी  प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा  जेसीज अभियानमा अतुलनीय योगदान पुर्‍याउने विभिन्न शाखाहरू र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा युवाहरूको व्यक्तित्व र दक्षता अभिवृद्धिका लागि देशका प्रबुद्ध एवम् स्थापित विज्ञ व्यक्तिहरूबाट सहभागीहरूलाई विशेष तालिम तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

शनिबार थिममा आधारित प्यानल डिस्कसन र विशेष सत्रहरूमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद राजन गौतम, वरिष्ठ पत्रकार टिकाराम यात्री, सिनेटर जगतबहादुर पोखरेल, सिनेटर भोलेश्वर दुलाल, पत्रकार चन्द्र भण्डारी, डा. भिक्टर इग्नासियस जोसेफ, सिनेटर प्रकाशप्रसाद अधिकारी, डा. प्रियंका कटुवाल लगायतका प्रबुद्ध व्यक्तित्वहरूले प्रशिक्षण दिने छन् ।

यस्तै, प्रविधिको आधुनिक प्रयोगका लागि सुनिल शर्मा र प्रमोदकुमार सोनीबाट डिजिटल मार्केटिङ र जेनेरेटिभ एआई, जेसी राजिव गौतम र हरिभक्त शर्माबाट वित्तीय साक्षरता तथा लगानी सम्बन्धी विशेष प्रशिक्षण सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।

चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाको सभापतित्व तथा सम्मेलन निर्देशक उत्तमकुमार पकुवालको व्यवस्थापकीय नेतृत्वमा उद्घाटन सत्र सम्पन्न भएको छ ।

कार्यक्रमकाे सहजीकरण आयोजक जेसीजका पूर्व अध्यक्ष विरु वेघाले गरिरहेका छन् ।

पछिल्लो समाचार

मेचीनगरमा ५ दिनमा २५ हजारले लगाए खाेप

Related Posts

मेचीनगरमा ५ दिनमा २५ हजारले लगाए खाेप
banner

मेचीनगरमा ५ दिनमा २५ हजारले लगाए खाेप

अशोज ९, २०८३, २:०९ .शुक्रबार
दुई वर्षपछि खाल्डाे खनेर मानवकाे कंकाल निकाल्याे
banner

दुई वर्षपछि खाल्डाे खनेर मानवकाे कंकाल निकाल्याे

अशोज ८, २०८३, ४:२२ .बिहिबार
कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन
banner -1

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन

अशोज ७, २०८३, १:३९ .बुधबार
झापामा ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाउन सुरू
banner -2

झापामा ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाउन सुरू

अशोज ५, २०८३, ५:३८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.