
मेचीनगर, ९ असाेज । मेचीनगरमा पाँच दिनमा २५ हजारले जापानिज इन्सेफ्लाइटिस (जेई) राेग विरूद्धकाे खाेप लगाएका छन् ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले ५ दिनमा नगरका १५ वटै वडाका २४ हजार ९९९ जनाले जेई राेग विरूद्धकाे खाेप लगाएकाे जानकारी दिइन् ।
यही असाेज ५ गतेदेखि १२ गतेसम्म मेचीनगरमा सञ्चालन भएको उक्त खाेप सबै वडामा जारी रहेकाे छ ।
उनका अनुसार मेचीनगरका एक लाख ३६ हजार ५१० मध्ये ३० वर्ष माथिका ६५ हजार ५२५ जनालाई उक्त खाेप लगाउने लक्ष्य छ ।
३० वर्षमाथि ६० वर्षसम्मका १८ हजार २६३ जनाले लगाइसकेका छन् । जसमा १० हजार ७१० महिला र ७ हजार ५५३ जना पुरूषले खाेप लगाएका छन् ।
६० वर्ष माथिका ६ हजार ७३६ जनाले खाेप लगाए । जसमा ३ हजार ४३४ महिला र ३ हजार ३०२ पुरूषले खाेप लगाएका छन् ।
५ दिनमा सबै वडाका १४ हजार १४४ जना महिला र १० हजार ८५५ जना पुरूष गरी २४ हजार ९९९ जनाले खाेप लगाए । यसकाे अर्थ ३८.२ प्रतिशतले खाेप लगाएकाे स्वास्थ्य शाखाकाे भनाई छ ।




Discussion about this post