मेचीनगर, १२ असाेज । नेपाली कांग्रेस झापा क्षेत्र नं.१ काे क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
कांग्रेसकाे १५ औ महाधिवेशन अन्तरगत झापा क्षेत्र न १ क्षेत्रीय अधिवेशनकाे आज सम्पन्न मतगणनाकाे परिणाम अनुसार बुढाथोकीले ४१४ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी सुवेश पनेरूले २०१ मत मात्र प्राप्त गरेका छन् । विजयी सभापति बुढाथोकीकाे याे दाेस्राे कार्यकाल हाे ।
यसैगरी सचिवमा दीपक काफ्ले २९९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी शेरबहादुर बस्नेत (सुन्दर) ले १९९ मत मात्र प्राप्त गरेका छन् ।
सहसचिवमा चन्दन गौतम २४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीहरू कृष्ण पौडेलले १५०, लावण्य पोखरेलले ११६ र यमकान्त पौडेलले ६७ मत मात्र ल्याए ।
मतदान आइतबार धुलाबारी स्थित टाउन हलमा सम्पन्न भएको थियाे ।




Discussion about this post