मेचीनगर, १४ असाेज । मेचीनगर नगरपालिकाले बुधबार धुलाबारीमा विना दर्ता सञ्चालन गरिएका तीन वटा ल्याव बन्द गराएकाे छ ।
नगरपालिकाले स्वास्थ्य कार्यालय झापाकाे सहकार्यमा बजार अनुगमन गर्दा कागजात पत्र नभएका, नविकरण नगरेका धुलाबारीकाे प्रतिमा जमुना मेडिकल, शिखर अस्पताल र न्यु मिलन मेडिकलका ल्यावहरू शिल गरेकाे हाे ।
प्रतिका जमुना मेडिकलबाट म्याद नाघेका औषधिहरू पनि बरामद गरेकाे छ । यसैगरी राेशन मेडिकलकाे विरामी जाँच गर्ने डाक्टरकाे काेठा समेत बन्द गराएकाे छ ।
बजार अनुगमनमा खटिएका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले शिल गरिएका मेडिकल र अस्पतालका ल्यावहरू विना सञ्चालन गरेकाे पाइएपछि बन्द गरिएको बताए ।
मेडिकल र अस्पतालका सञ्चालकलाई प्रक्रिया पूरा गरेर नगरपालिका आउन जानकारी गराइएकाे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।
नगरअस्पताल अगाडि रहेका अन्य मेडिकल, डेन्टल लगायतका क्लिनिकहरूमा पनि अनुगमन गरिएको थियाे ।
बजार अनुगमन टाेलीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, खाद्य विश्लेषक दिपेन्द्र कार्की, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख सापकोटा, नगर अस्पतालका डाक्टर प्रकाशचन्द्र गछदार, वडा नम्बर १० का वडा अध्यक्ष नारायण खनाल, वडा सदस्य साेम ओजा, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक शंकरकुमार खत्री, नगरप्रहरीहरू विशाल राजबंशी, दीपाकुमारी राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत रहेका थिए ।
राेशन मेडिकलका सञ्चालक राेशन भुजेलले मेचीनगरमा सञ्चालन गरिएका मेडिकल र अस्पतालका ल्यावहरू मापदण्डमा छन् कि छैनन् सबैकाे अनुगमन हुनु पर्ने माग गरेका छन् ।
मंगलबार नगरपालिकाकाे अनुगमन टाेलीले विना दर्ता सञ्चालन गरेकमे चारआलीकाे मनकामना अस्पताल बन्द गराएकाे थियाे ।




Discussion about this post