मेचीनगर, १४ असाेज । मेचीनगर नगरपालिकाले जिल्लाकाे सराेकारवाला निकायकाे सहकार्यमा बुधबार पनि मेचीनगरमा बजार अनुगमन गरेकाे छ ।
नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा जिल्ला स्थित गुणस्तर तथा नाप ताैल कार्यालय झापा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय झापा,उपभोक्ता जागरण अभियान नेपाल लगायतकाे टाेलीले मेचीनगर-१० स्थित धुलाबारी बजारका खाद्यान्न पसलहरूमा अनुगमन गरेको हाे ।
बजार अनुगमन टाेलीका प्रमुख कार्कीले बुधबार चार ठाउँमा अनुगमन गरेकाे बताए । जसमा पूजा किराना पसल, पाैडेल किराना पसल, न्यु प्रकाश हाेटल र माँ पाथिभरा सुशइट्स एण्ड क्याफेमा अनुगमन तथा निरीक्षण गरेको थियाे ।
उक्त पसलहरूमा अनुगमन गर्दा मूल्य सुची नभएको, लेवल र मिति नभएको, म्याद नाघेकाे, केही खाद्यान्न सामग्री बरामद गरेकाे थियाे ।
माँ पाथिभरा र प्रकाश हाेटलमा मिठाइँ लगायत खाद्यान्न बनाउन प्रयाेग गर्ने खानेतेल जाँच गर्दा खान याेग्य पाइएकाे कार्कीले बताए ।
बजार अनुगमन टाेलीमा नगरपालिकाका खाद्य विश्लेषक कार्की, जिल्ला स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता शाह, गुणस्तर तथा नाप ताैल कार्यालय झापाका सिनियर मिस्री हरेराम महताे, आकाश झा, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक शंकरकुमार खत्री, नगरप्रहरीका असई विष्णु राई, नगरप्रहरीहरू विशाल राजबंशी, दीपाकुमारी राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायत रहेका थिए ।




Discussion about this post