मेचीनगर, १५ असाेज । मेचीनगर नगरपालिकाले विहीबार दश वटा मेडिकलमा अनुगमन गर्दा कफियत भेटिएपछि एउटा एक्सरे, दुईटा क्लिनिक र एउटा ल्याव बन्द गराएकाे छ ।
नगरपालिकाले धुलाबारी र ईटाभट्टाका मेडिकलहरूमा अनुगमन तथा निरीक्षण गरेकाे थियाे ।
अनुगमनका क्रममा कागजात नभएका, प्रक्रियामा रहेकाे हरि हलेसी मेडिकलकाे एक्सरे, दिव्यान्सी मेडिकल हलकाे क्लिनिक तथा सामुदायिक स्वास्थ्य सेवा प्रालिकाे ल्याव र क्लिनिक शिल गरिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
टाेलीले हरि हलेसी मेडिकल, रूपा मेडिकल हल, आगमन मेडिकल हल, महमाया मेडिकल, गाेपाल मेडिकल स्टाेर्स, दिव्यान्सी मेडिकल हल, सामुदायिक स्वास्थ्य सेवा प्रालि, त्रिलाेचन फार्मेसी/त्रिलाेचन हरिमाया क्लिनिक, राधास्वामी स्वास्थ्य उपचार क्लिनिक र साई सुमिरन मेडिकल एण्ड डाइगाेनाेष्टिक सेन्टरमा अनुगमन गरेको थियाे ।
उपप्रमुख उप्रेतीले भनिन्-´बजार अनुगमनलाई तिव्रता दिइने छ । नगरवासीकाे स्वास्थ्यमाथि कसैले खेलवाड गर्न पाउँ दैनन् । मेडिकल, फार्मेसी, अस्पताल, क्लिनिकहरूले एक्सरे, भिडियाे, ल्याव लगायतका कागजातहरू कानुन र मापदण्ड अनुसार चुस्त दुरूस्त राख्नु पर्छ । अनुगमन टाेलीलाई कागजात नदेखाए कारवाही हुनेछ ।`
बजार अनुगमन टाेलीमा अनुगमन संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, खाद्य विश्लेषक दिपेन्द्र कार्की, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, नगर अस्पतालका डाक्टर प्रकाशचन्द्र गछदार, वडा नम्बर ९ का वडा अध्यक्ष कञ्चनकुमार तामाङ, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन दाहाल, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक शंकरकुमार खत्री, नगरप्रहरीका इन्चार्ज श्याम गिरी, असई विष्णु राई, नगरप्रहरीहरू प्रकाशकुमार बानियाँ, विशाल राजबंशी, धिरज राजबंशी, मेदनी शिवाकोटी, दीपाकुमारी राजबंशी, कर्मचारी विष्णु थापा, मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गाेपाल वस्नेत, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत रहेका थिए ।




Discussion about this post