मेचीनगर, २७ असाेज । मेचीनगर नगरपालिकाले आज दुई वटा ल्यावकाे ताला खाेलि दिएकाे छ ।
मंगलबार नगरपालिकाले काँकरभिट्टा आईकेयर सेन्टरकाे र ईटाभट्टाकाे जीवन रक्षा मेडिकलकाे ल्यावमा लगाएकाे शिल खाेलि दिएकाे हाे ।
बजार अनुगमनका क्रममा उनीहरूकाे ल्याव बिना ईजाजत सञ्चालन गरिएको पाइएपछि शिल गरेकाे थियाे ।
शिल गरेपछि कारवाहीमा परेका उनीहरूलाई जनही ७५ हजार रूपैयाँका दरले जरिवाना गरिएको बजार अनुगमन टाेली प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।
आज मेडिकल र सेन्टरका सञ्चालकले जरिवाना बुझाएपछि नगरपालिकाले ल्यावकाे ताला खाेलिदिएकाे कार्कीकाे भनाई छ ।
<span;>अब कारवाहीमा परेर जरिवाना बुझाउने १३ वटा औषधि पसलका ल्याव मध्ये ३ वटा मात्र बाँकी रहेकाे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।




Discussion about this post