बिर्तामोड, २ कार्तिक । बिर्तामोडकाे बीएण्डसी हस्पिटलले बडा दशैंकाे विदामा पनि विरामीलाई सेवा प्रदान गर्ने भएको छ ।
अस्पतालले दशैंकाे चार दिनकाे विदामा (कात्तिक २ गतेदेखि ५ गतेसम्म) पनि आकस्मिक कक्षबाट सबै प्रकारका विशेषज्ञ चिकित्सकहरूले सेवा दिने भएका हुन् ।
बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीलेले बडा दशैैंको अष्टमीदेखि एकादशीसम्म चार दिन विदामा पनि बिरामीले सेवा पाउन भन्ने उदेश्यले सेवा सञ्चालन गरिएको जानकारी दिए ।
अन्य सेवाहरूमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् ।
चाडपर्वका समयमा दुर्घटनाबाट घाइते, हृदयाघात, खाना अपच तथा झाडापखाला लगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकबाट आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था मिलाइएकाे गिरीले बताए ।
दशैं विदाका समयमा अस्पताल बन्द हुने आशंकाले बिरामी अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराइएकाे उनकाे भनाई छ ।
उनका अनुसार अस्पतालका अन्य नियमित सेवा बन्द, सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको छ ।
आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडीका बिरामीलाई पनि सेवा दिने भएको छ ।




Discussion about this post