मेचीनगर, २१ कार्तिक । धुलाबारी जेसीजले उत्कृष्ट प्रतिभाहरूलाई एक कार्यक्रमकाबीच सम्मानसहित पुरस्कृत गरेकाे छ ।
शनिबार धुलाबारी जेसीजले पूर्व अध्यक्षहरुबाट स्थापना गरिएको अक्षय कोषबाट ८ जना उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कृत गरेकाे हाे ।
सम्मानित हुनेहरूमा पूर्व अध्यक्ष लीलाप्रसाद भण्डारीले स्थापना गरेको स्वर्गीय लोकनाथ भण्डारी स्मृति अक्षय कोषबाट उत्कृष्ट युवाका रूपमा पूर्व राष्ट्रिय खेलाडी एवम् मेचीनगर निवासी विशाल राईलाई नगद ११ हजार, पूर्व अध्यक्ष केशब पोखरेलले स्थापना गरेको मुरारी झल्का अक्षय कोषबाट उत्कृष्ट शिक्षासेवीका रुपमा दमक निवासी लीला खनाललाई नगद १५ हजार, पूर्व अध्यक्ष सुभाष रिजालबाट स्थापना भएको स्वर्गीय दाताराम शर्मा रिजाल स्मृति अक्षयकोषबाट सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा विज्ञान समुहबाट जिल्ला मै उत्कृष्ट नतिजा ल्याउन सफल सुप्रभाव बिक्रम पराजुलीलाइ नगद ११ हजार राशीसहित सम्मान गरिएको छ ।
बिर्तामोड निवासी पराजुलीले बिर्तामोडकाे मोहनमाया विद्यालयबाट कक्षा १२ पुरा गरेका हुन । सोही अक्षयकोष मार्फत पूर्व अध्यक्ष पुनित बंशलले थप गरेको रकमबाट मेचीनगर भित्रका सामुदायिक विद्यालय तर्फबाट कक्षा १२ मा व्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउने धुलाबारी माविकी विद्यार्थी सन्ध्या कट्टेललाई नगद ६ हजारसहित सम्मान गरिएको हाे ।
यसैगरी, पूर्व अध्यक्षहरु नारायण खनाल र सागर खनालबाट स्थापना भएको स्वर्गीय पशुपति खनाल स्मृति अक्षयकोषबाट धुलाबारी माविका जेहेन्दार विद्यार्थीद्वय संगीत बिष्ट र लविन राजबंशी समानित भएका छन । उनीहरूलाई जनही नगद ११ हजार रूपैयाँ प्रदान गरिएको छ ।
यस्तै, पूर्व अध्यक्ष राजिब प्रसाईबाट स्थापना भएको स्वर्गीय भोटुलाल स्मृति अक्षयकोषबाट उत्कृष्ट कृषकतर्फ बुद्धिनाथ निरौला र उत्कृष्ट खेलाडीतर्फ क्रीकेटकि राष्ट्रिय खेलाडी रुविना क्षेत्रीलाई सम्मान गरिएको छ ।
मेचीनगर निवासी निरौला लामो समयदेखि कृषि व्यवसाय गर्दै आइरहेका छन । क्षेत्री क्रीकेटकी पूर्व राष्ट्रिय कप्तान हुन् । उनीहरुलाई जनही १० हजार रूपैयाँसहित सम्मान गरिएको छ !
सम्मानित सबै उत्कृष्ट प्रतिभाहरूलाई कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेस सभा सदस्य गोपाल तामाङले नगद र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, बिशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, पूर्व अध्यक्ष तेजप्रसाद चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन पूर्व अध्यक्ष रबिन्द्र पाठक र जनसम्पर्क अधिकारी श्याम शिवाकोटीले गरेका थिए ।




Discussion about this post