मेचीनगर, ७ मंसिर । मेची उद्योग बाणिज्य संघले आज पाँच जना व्यवसायीलाई कार्यसमिति सदस्यमा मनाेनित गरेकाे छ ।
साेमबार धुलाबारी स्थित संघकाे कार्यालयमा खेमराज प्रसाईकाे अध्यक्षतामा बसेकाे वैठकले मेचीनगरका ५ जना व्यवसायीलाई कार्यसमिति सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।
संघका कार्यकारी प्रमुख गाेपाल वस्नेतका अनुसार कार्यसमिति सदस्यमा मनाेनित हुनेहरूमा नरबहादुर थापा (तीलक), मानबहादुर कटुवाल, मानबहादुर गिरी (ध्रुव), भीमबहादुर कुँवर र रमा आचार्य बस्नेत (राधा) रहेका छन् ।
कार्यसमिति सदस्यमा मनाेनित राधालाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले झापाबाट धेरै आयकर तिर्ने उत्कृष्ट कर दाताका रूपमा सम्मान समेत गरेकाे छ ।




Discussion about this post