
धरान, १२ मंसिर । धरान उपमहानगरपालिकालाई सडक मानव तथा बालबालिका मुक्त नगर घोषणा गरिएको छ ।
भानु चोकमा शुक्रबार उपमहानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिका मुक्त नगर घोषणा गरेकाे हो ।
सडकमा आश्रित, बेसहारा तथा सहयोगापेक्षी अवस्थामा रहेका दिन दु:खीकाे उद्धार, संरक्षण र उचित व्यवस्थापन गर्दै मानवीय सम्मानसहित जीवनयापनको वातावरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियाे ।
कार्यक्रमकाे प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आउने तय भएको थियाे । घाेषणा सभा, सम्मान पत्रहरूमा कार्कीकै नाम लेखिएको थियाे । तर, समय व्यस्तताले आउन पाएनन् । उनकाे ठाउँमा कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले घाेषणा सभाकाे उद्घाटन गरेकी थिइन् ।
मन्त्री तिम्सिनाले कोशी प्रदेशका १३७ वटा पालिका मध्ये धरान पहिलो स्थानमा उभिन सफल भएको बताएकी थिइन् ।
मन्त्री तिम्सिनाले कोशी प्रदेश सरकार स्थानीय तह र विभिन्न संघ संस्थासँग सहकार्य गरेर सडक आश्रित मानव तथा बालबालिका मुक्त समाज निर्माणको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार, आश्रय, संरक्षण तथा सेवाका लागि संघ, प्रदेश, स्थानीय तह र विभिन्न संस्थाहरूसँग सहकार्य भइरहेको बताए ।
कोशी प्रदेशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान चलिरहेको उनकाे भनाई झ ।
उनले यही मंसिर १५ गते मेचीनगरमा पनि उक्त घाेगणा गर्ने अभियानकाे तयारी भइरहेकाे जानकारी दिए । अगाडि बढाइएको बताए ।
कर्णाली, गण्डकी र बागमती प्रदेश सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा भइसकेको समेत उनकाे भनाई छ ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत आयोजक धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघा, नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्का अध्यक्ष हेमराज जिमी याक्खा लगायतले घाेषणा सभाकाे प्रशंसा गर्दै कार्यान्वयनमा जाेड दिनु पर्ने बताएका थिए ।
साेही अवसरमा नगर कार्यपालिका सदस्य सिर्जना नेपालले घाेषणा सभाकाे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र बिक्रम वेघाकाे अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत डा.पुष्पराज साहीले स्वागत र कार्यक्रमकाे सञ्चालन सामाजिक विकास शाखा प्रमुख भुवन राईले गरेकी थिइन् ।
काेशी प्रदेश सामाजिक विकास मन्त्रालयकाे सहयाेगमा भएको कार्यक्रमकाे सहकार्य मानवसेवा आश्रम धरान शाखा रहेकाे थियाे ।




Discussion about this post