मेचीनगर, १२ मंसिर । कचनकवल गाउँपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिका अर्को चरणमा प्रवेश गरेको छ ।
चौथो दिनको खेलमा कचनकवलमाथि हावी हुँदै अर्जुनधाराले १३-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । अर्जुनधारासँग कचनकवलले लज्जास्पद हार व्यहोर्नु परेको छ ।
काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा अर्जुनधारासामु कचनकवल कमजोर रह्यो । सुरूवातिसंगै आक्रमक खेलेको अर्जुनधाराले खेलको पहिलो हापमै ८-० को अग्रता लिएको थियो । दोस्रो हापमा थप ५ गोल गर्दै कचनकवलमाथि अर्जुनधाराले गोल बर्षा गरेकाे थियोे ।
जीतका लागि अर्जुनधाराको तर्फबाट कुरूणा राईले ६ गोल गर्दा बन्दना लिम्बूले ५ गोल र आस्मा दाहालले २ गोल गरिन् ।
उत्कृष्ट खेल्दै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी विजेता टिमकी करूणा राई हुमेन अफ द म्याच घोषित भइन् । उनले एक हजार ५ सय नगदसहित ट्रफी प्राप्त गरिन् ।
आइतबारको खेल विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुने आयोजकले जनाएको छ ।




Discussion about this post