२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आयोजक सेमिफाइनलमा

अशोज २८, २०८०, ३:४७ .आइतवार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २८ असोज । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । उत्कृष्ट फिनिसिङ र लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो । एकताले बद्रर्सलाई ४–२ गोल अन्तरले हराएको हो ।

खेलको सातौँ मिनेटमा एकताका सुशील राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, आशिषले खेलको १७ औँ, ३८ औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्रदर्सका तर्फबाट २० औँ मिनेटमा भाइचुङ राई र २८ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । निर्णायक युवराज बजगाईंले गलत निर्णय गरेको भन्दै ब्रदर्सका खेलाडीले केहीबेर खेल रोकेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच एकताका आशिष चापागाईं भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

 

 

पछिल्लो समाचार

पेट्रोल प्रतिलिटर ११, डिजल ५ रुपैयाँले मुल्य घट्यो

अघिल्लो समाचार

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

Related Posts

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner -1

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.