१५ चैत्र २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महासंघको स्थापना दिवस

तीन जना संस्थापक सम्मानित, कोषमा एकैदिन ९ लाख

पुस ९, २०८०, ३:१६ .सोमवार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ९ पुस । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले महिला पत्रकारहरु संकटमा परेका छन् । उनीहरुलाई सरकारले बजेटको व्यवस्था गर्नु पर्ने बताएकी छिन् ।

आज बिर्तामोड स्थित होटल हेभेनमा नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसको अवसरमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपसभामुख रानाले सो कुरा बताएकी हुन् ।

‘कति धेरै पीडा खेपेर लोकतन्त्र ल्याएका छौँ’, रानाले भनिन्–‘यसलाई धरापमा पार्न दिन हुन्न । भ्रष्टचार विरुद्ध मिडियाले अभियान चलाउँनु पर्छ । देशमा शुसासन ल्याउन पत्रकारको ठुलो भूमिका हुन्छ । हरेक निकायमा निगरानी र अनुगमन मिडियाले गर्नुपर्छ ।’

कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

ढुंगानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गरेका थिए । सहभागी सबैले सामुहिक रुपमा दिप प्रज्ज्वलन गरी महासंघको ३५औं स्थापना दिवसको उत्सव मनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका सम्मानित बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।

पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा ९ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । ६ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको छ भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने दाताले घोषणा गरेका छन् ।

सामाजिक अभियन्ता तथा व्यवसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रोनक वंशलले एक लाख, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । मेची पेट्रोलियमले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गरेका थिए । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्याएर कोषका दाताहरुलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश, उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । सम्मानित व्यक्तित्वको सम्मानपत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गरेकी थिइन् ।

पछिल्लो समाचार

प्रथम जोरसिमल कपमा आयोजक विजयी

अघिल्लो समाचार

सुर्योदय माविमा ‘फुड फेस्टिवल’ सम्पन्न (फोटो फिचर)

Related Posts

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
banner -2

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

चैत्र १४, २०८२, १:३९ .शनिबार
जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय
banner -1

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

चैत्र १४, २०८२, ६:५९ .शनिबार
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
banner

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

चैत्र १४, २०८२, ३:४१ .शनिबार
प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ
banner

प्रधानमन्त्रीमा बालेन र मन्त्रीहरूले लिए शपथ

चैत्र १३, २०८२, ७:३६ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.