१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राष्ट्रिय सभा चुनाव

कोशीको मतभार, सत्ता गठबन्धनमा आकांक्षी धेरै

पुस १८, २०८०, ३:५७ .बुधबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ पुस । राष्ट्रिय सभा सदस्य बन्न सत्ता गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरूका बिच तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

खाली हुने २ सिटमा पर्नका लागि कोशी प्रदेशमा रहेका सत्ता गठबन्धनका नेताहरूका बिचमा तीव्र प्रतिस्पर्धा सुरु भएको हो ।

राष्ट्रिय सभाको निर्वाचनमा पनि अहिले कै गठबन्धन कायम रहे जित पक्का हुने भएपछि आकांक्षीहरू धेरै देखिएका छन् । आकांक्षी धेरै देखिएपछि दलहरूले सबैको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । नेपाली काँग्रेस कोशी प्रदेशले राष्ट्रिय सभा सदस्य बन्न चाहने ६३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

सिफारिस हुनेमा कृष्णप्रसाद सिटौला, सुजता कोइरालादेखि गुरुराज घिमिरे सम्म छन् । उनीहरू गएको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएकाहरू हुन् ।

आकांक्षी धेरै भएपछि सबैको नाम सिफारिस गरेको नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए ।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा कोशीबाट दुई सिटका लागि निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएपछि दुई प्रदेशमा दुई सिटमा चुनाव हुँदैछ ।

सो निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बन्न चाहनेहरुको सख्या धेरै भएको थापाले बताए । उनले नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न सक्ने ६३ जनाको नाम प्रदेशबाट सिफारिस भएको बताए ।

कांग्रेसले कृष्ण सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ ।
यस्तै महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला र रुक्मिणी कोइराला लगायतको नाम पनि प्रदेश समितिले सिफारिस गरेको छ ।

सत्ता गठबन्धनमै रहेको नेकपा माओवादीले १२ जना भन्दा बढी नेताको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।
माओवादीले पनि अजम्मर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, चम्पा कार्की, समिता कार्की, लक्ष्मी न्यौपाने, ममता राजवंशी लगायतको नाम सिफारिस गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहँदा निर्वाचन हुने सबै सिटमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने छन् । कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ जना मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् ।

प्रदेशसभा सदस्यको मत भार ५३ हो । कोशी प्रदेश सभामा नेपाली कांग्रेसको २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेश सभा सदस्य छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूका प्रदेश सभा सदस्यको कुल मत भार २ हजार ४९१ हुन आउँछ । प्रदेशमा कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मत भार रहेको छ ।

कोशी प्रदेशमा एमालेको ४० र राप्रपाको ६ सिट रहेको छ । जस अनुसार एमालेको मत भार २ हजार १२० र राप्रपाको ३१८ मत भार रहेको छ ।

प्रदेशमा रहेका १३७ वटा पालिकाका प्रमुख, उपप्रमुखले समेत राष्ट्रिय सभामा मत हाल्ने छन् । निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मत भार १९ रहने व्यवस्था रहेको छ । स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा ५ हजार २०६ मत भार रहेको छ ।

१३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख, उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् ।

जसमा कांग्रेसको २ हजार १४७ मत भार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मत भार रहेको छ ।

राष्ट्रियसभामा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८ मत भार हुने छ । कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८ रहने देखिन्छ । राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मत भार रहेको छ ।

यसरी हेर्दा अहिलेको अवस्था कायम रहे राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित छ ।
एमाले र राप्रपा मिलेको अवस्थामा समेत सत्ता गठबन्धनको बहुमत पुग्ने र निर्वाचन जितिने भएपछि सत्ता गठबन्धनमा उम्मेदवार आकांक्षी धेरै देखिएको नेपाली कांग्रेसका एक नेताले बताए ।

एमालेमा नाम फाइनल हुँदै

कोशी प्रदेशको सबैभन्दा ठुलो दल एमालेमा भने राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने धेरै आकांक्षी देखिएका छैनन् । आकांक्षी देखिएकाहरूको नाम संकलन गरेर सिफारिसको तयारी भइरहेको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

राष्ट्रियसभाको निर्वाचनलाई एमालेले रणनीतिक हिसाबले लिने उनको भनाइ छ । विभिन्न सम्भावनाका ढोकाहरू खुल्ला भएका कारण गठबन्धन के कसरी अघि बढ्छ त्यो हेरेर एमाले टुंगोमा पुग्ने उनले बताए ।

उनले भने, ‘एउटाको भोटले मात्रै जित्ने अवस्था छैन । गठबन्धन कसरी जान्छ । कांग्रेस माओवादीको गठबन्धन कस्तो हुन्छ ? माधव नेपालहरूको पनि फुर्तिफार्ती धेरै देखिन्छ । त्यो कस्तो ढंगले आउँछ । यदि गठबन्धन एक भए भने हाम्रो भोट पुग्दैन । हामीले अरूको ठुलो सख्यामा भोट क्रस गर्नुपर्ने हुन्छ । त्यो सम्भव छैन ।’

खतिवडाले एमालेलाई पनि तालमेलको प्रस्ताव आइरहेको बताए । ‘हामीलाई तालमेलको प्रस्ताव आइरहेको छ,’ उनले भने, ‘तालमेल भयो भने देशव्यापी रूपमा हुन्छ ।’

एमाले अहिले व्यक्तिमा भन्दा पनि पार्टीको हित हुने कुरामा केन्द्रित रहेको बताउँदै उनले कसैसँग गठबन्धन नभए पनि आफूहरूले उम्मेदवार उठाउने बताए । ‘एमालेले खाली छोड्दैन । अवस्था हेरेर निर्णय गर्छौँ’– उनले भने ।

(नेपाल प्रेसबाट)

 

पछिल्लो समाचार

मिनि म्याराथनको उपाधि स्काइ र सुस्मितालाई

अघिल्लो समाचार

होल्डिङ सेन्टरलाई लागूऔषधको उपचार केन्द्र बनाउन माग

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.