१९ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कचनकवलमा डिप ट्युबवेल सिँचाइ ‘हात्तीको मुखमा जिरा’

पुस २७, २०८०, १:५७ .शुक्रबार
0
0
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

ट्याङ्की नजिक समितिका अध्यक्ष बराल र उपाध्यक्ष भट्टराई ।

।। अर्जुन कार्की ।।

बनियानी, २७ पुस । सरकारले झापाको केहि पालिकामा लागू गरेको डिप ट्युबवेल सिँचाइ परियोजना किसानका लागि ‘हात्तीको मुखमा जिरा’ सावित भएको छ ।

झापाका विभिन्न पालिकामा डिप ट्युबवेल सिँचाइ आयोजना सञ्चालनमा आएसँगै कृषक खुशी भएका थिए । तर, सरकारको सिँचाइ योजनाले राहत होइन ढाड सेकाएको छ ।

राज्यले सञ्चालन गरेको झापाका केहि गाउँपालिका तथा नगरपालिका मध्ये कचनकवल गाउँपालिकाको सिँचाइ आयोजना एक हो । किसानको राहतका लागि सरकारले सञ्चालनमा ल्याएको ट्युबवेल सिँचाइ योजनाले विद्युत महशुल महंगो पर्न गएको छ ।

कचनकवल गाउँपालिकाको ७ वटै वडामा यो योजना लागू भइरहेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा गाउँमा ट्युबवेल सिँचाइ सञ्चालन भएपछि स्थानीय खुशी देखिन्थे ।

कचनकवल–२ बाङ्गडाँगी स्थित जल उपभोक्ता समितिका अध्यक्ष केशव बराल भन्छन्–‘यहाँका किसानको ६० बिगाहा जग्गामा लगाएको खेती मध्ये ४० विगाहा जग्गा सिँचाइ अभावमा बाँझै छ । अकासे पानीका भरमा खेती गर्नुपर्दा उत्पादन आधा घटेको छ । किसानले सिँचाइ गर्ने डिप ट्युबवेल भने बन्द छ ।

सरकारले साना किसानलाई यो ट्युबवेल अनुदानमा उपलब्ध गराएको थियो । तर, विद्युत प्राधिकरणको महशुल बढी भएपछि ट्युबवेल सञ्चालन बन्द गरिएको अध्यक्ष बरालको दावी छ ।

बाङ्गडाँगीमा मुख्य ट्याङ्कीसहित १७ वटा ट्युबवेल निर्माण गरिएको छ । डिप ट्युबवेल गत असारमा गाडिएको थियो । हाल सो ट्युबवेलहरु बन्द छन् । ट्युबवेल निर्माण गर्न वडा नम्बर २ मा मात्र करिव एक करोड लगानी भएको छ ।

‘सञ्चालनमा आएदेखि सबैले ट्युबवेल प्रयोग गरेका थियौँ । अहिलेसम्म विद्युत महशुल तिरेका छैनौँ ।’ उनी भन्छन्–‘अहिलेसम्म कति विल उठ्यो थाहा छैन । धेरै विल आयो भने तिर्ने पक्षमा छैनौँ । विल धेरै आउँछ भनेर केहि महिनादेखि चलाएका छैनौँ ।’

उनका अनुसार प्रति घण्टा १०० रुपैयाँ लिने गरि विद्युत प्राधिकरणले कार्यतालिका विभाजन बनाएको छ । एक घण्टामा २० युनिट विद्युत खपत हुन्छ । प्रति विगाहा खेतीमा सिँचाइ गर्न ४ घण्टा लाग्छ ।

प्राधिकरणको कार्यतालिका अनुसार विहान, दिउँसो र बेलुकाको समय मिलाएको छ । वेलुका ५ वजेदेखि राति ११ वजेसम्म प्रतिघण्टा ६ रुपैयाँ युनिट, विहान ५ वजेदेखि वेलुका ५ वजेसम्म प्रतिघण्टा साढे ३ रुपैयाँ युनिट लाग्ने छ ।

साधारण तय अरु बेला मोटरबाट सिँचाइ गर्दा भन्दा ट्युबवेलबाट सिँचाइ गर्दा विद्युत महशुल चारगुणा महंगो भएको बरालको भनाई छ ।

ट्युबवेलबाट सिँचाइ गर्न सरकारलाई ट्याङ्की निर्माणका लागि १० धुर जग्गा निःशुल्क उपलब्ध गराएका समितिका उपाध्यक्ष समेत रहेका मणिकुमार भट्टराईले ट्याङ्कीबाट पानी आउटफ्लो भएको जानकारी दिए । भट्टराई कै घर छेउमा रहेको ट्याङ्कीको रेखदेख पनि उनैले गर्छन् ।

‘मिसिन चलाउँदा ट्याङ्कीमा पानी प्रशस्त आउँछ’, उनले भने–‘तर, चाहिँने भन्दा बढी पानी आएर ट्याङ्कीबाट पानी बाहिर जान्छ । ओभरफ्लो भएर पानी पास हुँदैन ।’ ट्याङ्कीबाट पानी डाइरेक्ट गरे समस्या समाधान हुने उनको अनुमान छ ।

झापा भूमिगत जल सिँचाइ आयोजना भद्रपुरका प्रमुख कृष्णप्रसाद उपाध्यायले विद्युत महशुल महंगो भएको गुनासो किसानबाट आएको बताए । किसानलाई विद्युत महशुलमा ८० प्रतिशत छुट हुनुपर्छ भनेर सम्बन्धित मन्त्रालयमा कार्यविधि बनाएर पठाएको उनले जानकारी दिए ।

‘ट्याङ्कीमा आउट फ्लोको समस्या आएको छ’, उपाध्यायले भने–‘अहिले परिक्षणकालको अवस्था हो । किसानलाई हस्तान्तरण गरिसकेको छैन । हस्तान्तरण गर्ने अवस्था सम्ममा समस्या समाधान गरिने छ ।’

उनले झापाका अन्य पालिकामा ट्याङ्कीमा ओभर फ्लोको समस्या नभएको बताए । कचनकवल गाउँपालिकामा अघिल्लो वर्ष ५३ वटा डिप ट्युबवेल सिँचाइ निर्माण भएको छ । गतवर्ष १७ वटा र यसवर्ष ५ वटा ट्युबवेल निर्माण गरेको कार्यालयले जनाएको छ ।

कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले लगभग सबै वडामा डिप ट्युबवेलबाट सिँचाइ पुगेको बताए । उनले सिँचाइ प्रविधिबाट विद्युत महशुल महंगो छ भनेर किसानहरु गाउँपालिकामा आएर जानकारी नगराएको बताए । त्यस्तो समस्या छ भने स्थानीय सरकारले पहल गर्ने अध्यक्ष राजबंशीको भनाई छ ।

(बनियानीमा स्थलगत रिर्पोटिङ)

पछिल्लो समाचार

बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

अघिल्लो समाचार

आज पृथ्वीनारायण शाहको जन्मोत्सव मनाइँदै

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.