
मेचीनगर, ३ असाेज । मेचीनगरमा ३० वर्षमाथिका करिव ६५ हजार भन्दा बढीलाई ´जापानिज इन्सेफ्लाइटिस` राेग विरूद्धकाे खाेप लगाइने लक्ष्य रहेकाे छ ।
मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले साेमबारदेखि १२ गतेसम्म <span;>३० वर्षमाथिका करिव ६५ हजार ५२५ जना नगरवासीलाई ´जापानिज इन्सेफ्लाइटिस` राेग विरूद्धकाे खाेप लगाइने लक्ष्य रहेकाे जानकारी दिइन् ।
जसमध्ये मेचीनगर-१ का ३१०९, वडा नम्बर २ का ३३३९, वडा नम्बर ३ का ३५४०, वडा नम्बर ४ का २६५५, वडा नम्बर ५ का २६१९, वडा नम्बर ६ का ७७५७, वडा नम्बर ७ का ६४९८, वडा नम्बर ८ का ४०९३ रहेका छन् ।
यस्तै , वडा नम्बर ९ का लक्षित समुदाय ५८९७, वडा नम्बर १० का ७६४३, वडा नम्बर ११ का ३२४५, वडा नम्बर १२ का ४०११, वडा नम्बर १३ का ३६५७, वडा नम्बर १४ का ३३९६ र वडा नम्बर १५ का ४०७४ जना रहेकाे स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार यही राेगका कारण मेचीनगरमा अघिल्लो वर्ष १ जना, गत वर्ष २ जना, चालू आर्थिक वर्षमा २ जना गरि ५ जनाकाे मृत्यु भइसकेकाे छ ।
स्वास्थ्य कार्यालय झापाले ३० वर्षमाथिका ५ लाख नागरिकलाई उक्त राेग विरूद्धकाे खाेप लगाउने तयारी गरेकाे छ ।
झापामा गत असार र साउन महिनामा उक्त राेगबाट संक्रमित १२ जना मध्ये ६ जनाकाे मृत्यु भएको थियाे ।
मेचीनगरका १ लाख ९ हजार नगरवासी मध्ये ३० वर्षमाथिका ६५ हजार ५२५ जनालाई खाेप लगाउने तयारी स्वास्थ्य शाखाकाे छ ।




Discussion about this post