बिर्तामोड, ५ कार्तिक । बिर्तामोडकाे एउटा ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एकजनाकाे मृत्यु भएको छ ।
बिर्तामोड-२ स्थित रामचाेककाे बढी ग्यारेजकाे क्यान्टिनमा विहीबार विहान ४ वजे विद्युतसर्ट भइ आगलागी हुँदा भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा, नगद एक लाख रुपैयाँ र एक जनाको जलेर मृत्यु भएको हाे ।
क्यान्टिनमा काम गर्ने गाैरीगञ्ज गाउँपालिका-२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड-४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो ।
स्थानीय ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी भएकाे थियाे ।
दमकल र स्थानीयवासीको सहयोगमा विहान साढे ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




Discussion about this post