धुलाबारी, ३ कार्तिक । धुलाबारी माध्यमिक विद्यालयकाे भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्षमा हरिप्रसाद काेइराला सर्वसम्मत चयन भएका छन् ।
मंगलबार समाजकाे तेस्राे अधिबेशनले अध्यक्षमा काेइरालालाई चयन गरेकाे हाे ।
नयाँ कार्यसमितिकाे उपाध्यक्ष पदहरुमा माया मितु, लीलाप्रसाद भण्डारी, सन्तोष धमला, भुपेन्द्र कडरिया, सन्ताेष प्रसाईं, महासचिवमा सागर खनाल, सचिवमा युवराज रेग्मी र काेषाध्यक्षमा केशव पाेखरेल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा विशन्त कटुवाल, शिवशंकर शाह, किरण प्रभात, याेगेन्द्रप्रसाद आचार्य, सुवास रिजाल रहेका छन् ।
भूतपूर्व विद्यार्थी डाक्टरहरू सम्मानित
साेही अवसरमा बिद्यावारिधि गरेका भूतपूर्व विद्यार्थीहरु संगितकार डा. टीका भण्डारी , डा.जीवनमणि पाैडेल, डा. डिल्लीराम भण्डारी, डा. केदार नेपाल , डा. सराेज नेपाललाई सम्मान गरिएको थियाे ।
अक्षयकोषमा सहयााेग जुट्दै
अक्षयकाेष निर्माणका लागि पूर्व विद्यार्थी मदनकुमार प्रसाईंले एक लाख ५१ हजार (२०३६ एसएलसी ) र डा.टीका भण्डारीले (२०३९ एसएलसी) एक लाख सहयाेग गरेका छन् ।
अधिवेशनकाे प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुब कनालकाे अध्यक्षता र कार्यक्रमकाे सञ्चालन केशव पाेखरेलले गरेका थिए ।




Discussion about this post