१३ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

ओलीले युवालाई भने–‘जागिरे प्रवृति छाडेर उद्यमशीलतामा लागौँ’

माघ २४, २०८०, ७:३३ .बुधबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

शिवसताक्षी, २४ माघ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई जागिरे प्रवृतिमा भन्दा उद्यमशिलतामा लाग्न आग्रह गरेका छन् ।

मंगलबार शिवसताक्षी नगरपालिका–४ स्थित झापा इनर्जी लिमिटेडको उद्घाटन गर्दै उनले युवाहरुलाई जागिरे प्रवृति छाडेर उद्यमशिलतामा लागेर उत्पादन गर्न अनुरोध गरेका हुन् ।

आफु प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुवात गरेको स्मरण गराउँदै नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको बताए ।

कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताउँदै नेपालमा जलविद्युत मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने जनाउँदै सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नु पर्ने दावी गरे ।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवम् संघीय सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताए । उनले वर्षेनी १२ करोड ८५ लाख आम्दानी हुने दावी दिए ।

झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेबाट जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिगाहा क्षेत्रफलमा परियोजनाको सौर्य प्यानल राखिएको छ ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको नेतृत्वमा ८७ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ«े बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ ।

झापा इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली प्राधिकरणले प्रतियूनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा धेरै क्षमताको सौर्य ऊर्जा परियोजना हो । संविधानसभाका सदस्य स्व. सुभाषचन्द्र नेम्बाङले दुई वर्ष अघि परियोजनाको शिलान्यास गरेका थिए । नेपाल विद्युत प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।

परियोजना स्थललाई पुष्प बगैचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटन आकर्षित गर्ने योजना रहेको उनको भनाई छ ।

ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा काठमाडौंबाट मंगलबार विहान सौर्य एयरलायन्सको एउटै जहाजबाट सँगै गृहजिल्ला आएका थिए ।

पछिल्लो समाचार

अस्ताए बुढाथोकी (फोटो फिचर)

अघिल्लो समाचार

झापा गोल्डकपको मुख्य प्रायोजक यती ब्रुअरी

Related Posts

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद
banner -1

भारतबाट भन्सार छलेर ल्याइएकाे डिजेल बरामद

बैशाख १३, २०८३, ८:५१ .आइतवार
मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा
banner -1

मनाेहराकाे सुकुम्बासी वस्ती भत्काउने क्रममा ढुंगामुढा

बैशाख १२, २०८३, २:१० .शनिबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

बैशाख १२, २०८३, १:४९ .शनिबार
एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै
banner -2

एपीएफ र आर्मी पर्सी  फाइनल भिड्दै

बैशाख १२, २०८३, १:२८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.