३१ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले नगर अधिवेशन

जनतासँग मुसुक्क हाँस्नु, गमक्क नहुँनु : एमाले उपाध्यक्ष ज्ञवाली

जेष्ठ ५, २०८१, ३:२९ .शनिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ जेठ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरुले जनता देख्दा मुसुक्क हाँस्नु पर्छ, गमक्क भएर बस्न नहुने बताएका छन् ।

आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरको दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेस, कांग्रेस जस्तो हुन खोजेको बताएका हुन् ।

उनले चुनावमा पैसा दिएर भोट किन्ने र दलाल पुँजीवादीको प्रश्रय गर्ने कांग्रेस जस्तो नहुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

‘गरिव र सुकुमबासीको जिम्मा एमालेले लिन्छ’ उपाध्यक्ष ज्ञवालीले भने–‘जनताको घर–घर गएर, उनीहरुको समस्या बुझ्ने र समाधान गर्नु पर्छ । जनताले भनुन् एमालेका नेताहरु असल, इमानदार, क्षमतावान र गतिशील छन् । जनतासँग मुसुक्क हासेर गफ गर्नु पर्छ, रिसाएर वा गमक्क परेर हुँदैन ।’

उनले भने–‘कांग्रेसले सत्ताको दुरुपयोग गर्छ । सरकारमा पुगेपछि दलाल पुँजीवादलाई माथि उठाउने प्रयास गर्छ । त्यसैले कांग्रेसको जथाभावी रोक्नलाई सरकार ढाल्नु परेको हो । एमालेको यात्रा समाजवादको रहेको छ ।’

कार्यक्रममा एमाले स्थायी समिति सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्य रविन कोइराला, मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई, झापा अध्यक्ष प्रेम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आसन्न जेठ २६ गते हुने काँकरभिट्टा खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाको चुनावका लागि प्रगतिशील समाजवाद साझा प्यानलका अध्यक्षका उम्मेदवार सन्तोष आचार्य र सचिवका उम्मेदवार एवम् जसपाका केन्द्रीय सदस्य दिलिपजंग सुब्बाले प्रतिबद्वता मन्तव्य राखेका थिए ।

सोही अवसरमा सहिदहरुको परिवारलाई सम्मान गरिएको छ । सहिद विरेन राजबंशीका छोरा नेत्र राजबंशी, छवि मेचेका छोरा कुमार मेचे र मदनकुमार खपाङ्गीका छोरा ललिा खपाङ्गीलाई सम्मान गरिएको छ ।

त्यस्तै पार्टीको भवन बनाउन जग्गा प्रदान गर्ने समाजसेवी बुद्विनाथ पौडेलका छोरा कृष्ण पौडेल, छत्रबहादुर वहादुर वस्नेतकी वुहारी हेमकुमारी वस्नेत, जयप्रसाद सुवेदीकी पत्नी दिलकुमारी सुवेदी, पुष्पलाल मिश्र र हर्कबहादुर लिम्बुलाई सम्मान गरिएको छ ।

यसैगरी पार्टीलाई योगदान गर्ने नेताहरु भिम खवास, हरिचरण बानियाँ र विष्णु प्रसाईलाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा धुलाबारी माविका विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए ।

भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । उद्घाटन पछिको बन्दसत्रमा एमाले मेचीनगर कार्यवहाक अध्यक्ष कञ्चन तामाङले राजनीतिक तथा संगठनात्मक र एमाले जिल्लाका लेखा कमिटी अध्यक्ष राजेन्द्र भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु माथि भोलि छलफल हुनेछ ।

उद्घाटन कार्यक्रमको स्वागत उपसचिव डेनु मगरले र सञ्चालन सचिव जगन भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

बीएण्डसीमा एक लाखको हेड तथा स्पाइनल इन्जुरी निःशुल्क

अघिल्लो समाचार

आयोजक पूर्वेली युवा क्लब फाइनलमा

Related Posts

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार
बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर
banner -1

बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर

बैशाख २८, २०८३, २:२९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.