१७ असार २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सिक्किममा पीएस गोलेको ‘छलाङ’

जेष्ठ २१, २०८१, ८:१७ .सोमवार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ जेठ । सिक्किम राज्यसभाको ३२ सिटमध्ये ३१ सिट सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले जितेको छ ।

आफ्नो दललाई बहुमत दिलाएसँगै पीएस गोलेका रूपमा समेत परिचित प्रेमसिंह तामाङ दोस्रो कार्यकालका लागि समेत मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

सिक्किममा अढाई दशक शासन गरेको पवन चाम्लिङको दलले यसपटकको विधानसभा निर्वाचनमा पनि नमिठो हार व्यहोर्नु पर्यो । सन् २०१९ को निर्वाचनमा ३२ मध्ये १५ सिट चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फोरम एसडीएफले जितेको थियो ।

यसपटक २ वटै निर्वाचन क्षेत्रबाट चाम्लिङ पराजित मात्रै भएनन् उनको दलले अरु १४ सिट गुमायो । एसडीएफको १४ सिट खोस्ने दल हो सिक्किम क्रान्तिकारी मोर्चा । यसका कमाण्डर हुन् प्रेमसिंह तामाङ । आफ्नो राजनीतिक जीवन एसडीएफबाटै सुरुवात गरेका तामाङले कालान्तरमा चाम्लिङप्रति असन्तुष्टि जनाउँदै एसकेएम खडा गरेका थिए ।

सिक्किम राज्यसभाको ३२ मध्ये ३१ सिट एसकेएमले जितेको छ । आफ्नो दललाइ बहुमत दिलाएसँगै तामाङ दोस्रो कार्यकालका लागि समेत मुख्यमन्त्री बन्ने पक्का भएको छ । सिक्किममा दुई पटक मुख्यमन्त्री बन्न लागेका तामाङ को हुन् त ?

५६ वर्षीय तामाङको छवि कुशल प्रशासक, अब्बल संगठक र असल समाजसेवीको रुपमा स्थापित छ । उनको दलले बहुमत प्राप्त गर्नुमा तामाङको व्यक्तिगत र व्यवसायिक छवि कारक रहेको जानकारहरु बताउँछन् ।

सन् १९६८ फेब्रुअरी ५ मा जन्मिएका तामाङले सरकारी शिक्षकमार्फत आफ्नो करियर सुरुवात गरेका थिए । कालु सिंह तामाङ र धनमाया तामाङका छोरा प्रेमले दार्जिलिङबाट आफ्नो उच्च शिक्षा हासिल गरेका थिए । सन् १९९० देखि सन् १९९३ सम्म सरकारी शिक्षकका रूपमा कार्यरत प्रेमले तीन वर्ष अध्यापन गराए ।

त्यसपछि उनको रूचि राजनीतितर्फ अघि बढ्यो । सन् १९९४ मा उनले चाम्लिङसँगै मिलेर एसडीएफ गठन गरे । २६ वर्षको उमेरमा सांसद बनेका तामाङ २० वर्षसम्म चाम्लिङकै साथमा थिए । चाम्लिङले २५ वर्ष शासन गर्दा तामाङ पनि १५ वर्षसम्म मन्त्री भए ।
सन् २०१३ मा उनले चाम्लिङसँग असन्तुष्टि जनाउँदै नयाँ दल गठन गरे । सन् २०१४ को निर्वाचनमा उनको दलले १० सिट जित्यो । सन् २०१७ मा गाइ वितरण कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा उनलाई जेल चलान गरियो ।

एक वर्षसम्म जेलमा रहेका तामाङले सन् २०१९ मा आफ्नो दललाइ १७ सिट जिताए । पछि एसडीएफका ४ सांसद आफ्नो दलमा भित्र्याउँदै मुख्यमन्त्री समेत बन्न सफल भए ।

सन् १९९४ मा उनी पूर्णकालीन रुपमा एसडीएफमा सक्रिय भएका थिए । त्यसअघि उनलाई एसडीएफको युवा संगठनको उपाध्यक्ष बनाइएको थियो । उनी २६ वर्षको उमेरमा सांसद भएका थिए । चाङकुङबाट उनी राज्यसभामा चुनिएका थिए ।

सन् १९९४ देखि सन् १९९९ सम्म उनी पशुपालन मन्त्री भए । सन् १९९९ मा चाङकुङबाटै सांसद चयन भएपछि उनले २००४ सम्म उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले । सन् २००४ को चुनावमा तामाङले भारतीय राष्ट्रिय कंग्रेसका सतिश मोहन प्रधानलाई हराए ।

त्यसपछि उनले सन् २००९ सम्म आवास मन्त्रालय सम्हाले । सन् २००९ मा भएको राज्यसभा निर्वाचनमा उनले भारती कंग्रेसका अरूण कुमार सिंहलाई पराजित गरे । त्यसपछि उनलाई उद्योग विभागको अध्यक्ष प्रस्ताव गरेपनि तामाङले त्यसमा रूचि देखाएनन् ।

सन् २०१४ सेम्टेम्बर ६ मा उनले एसडीएफबाट राजीनामा दिए । त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरे । सन् २०१४ को चुनावमा तामाङको दल एसकेएमले ३२ मध्ये १० सिटमा जीत हात पा¥यो ।

सन् २०१९ को चुनावमा तामाङले २५ वर्ष सिक्किमा शासन गरेका चाम्लिङको शासन अन्त्य गरे । सन् २०२४ को चुनावमा तामाङले चाम्लिङको दल एसडीएफबाट १४ सिट खोस्दै एसकेएमलाइ अत्यधिक बहुमत दिलाए ।

यो बहुमत तामाङले कामकै बलमा दिलाएका हुन् । कल्याणकारी योजना, महिला तथा विपन्नहरुका निम्ति विभिन्न सुविधा र विकासमा सबैको सहभागिता सुनिश्चित गरेर तामाङले एसकेएमप्रति मतदातालाई आकर्षित गर्न सफल भएका हुन् ।

भाजपासँग चुनावी तालमेल गर्ने प्रारम्भिक रणनीतिका कारण उनलाई केन्द्रबाट बजेट मामिलामा निकै सहयोग समेत भएको थियो । तर सिट बाँडफाँट सन्तोषजनक नभएपछि चुनावको सम्मुखमा भाजपा र एसकेएमबीचको तालमेल टुट्यो ।

पार्टीलाई अत्यधिक बहुमत दिलाएका तामाङ सिक्किमको आकर्षण बनेका छन् । यद्यपी उनले सार्वजनिक रूपमै दुई कार्यकालभन्दा बढी मुख्यमन्त्री नबन्ने उद्घोष गरिसकेका छन् । ‘म नेतृत्व विकासमा विश्वास गर्छु । दुइ कार्यकालभन्दा बढी मुख्यमन्त्री बन्ने छैन दलको अर्को नेतालाई यो जिम्मेवारीका अवसर प्रदान गर्नेछु’ उनले प्रतिवद्धता जनाएका थिए ।

(एजेन्सीबाट)

पछिल्लो समाचार

आत्महत्या न्युनिकरणमा ध्यानदिन नगरपालिकालाई ज्ञापन

अघिल्लो समाचार

सुपारी खेतीलाई प्रोत्साहन गर्न मेचीनगरको अनुदान

Related Posts

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’
banner

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’

असार १५, २०८३, ७:४८ .सोमवार
पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर
box -3

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने
banner -2

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.