१ जेष्ठ २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सडकसँगै यातायात क्षेत्रको विकासले नगरको मुहार फेरिँदै

असार २०, २०८१, १:४६ .बिहिबार
0
0
0
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर । संघीयताको मर्मलाई आत्मसाथ गर्दै गाउँ–गाउँमा सिंहदरबार बनाउने परिकल्पना अनुसार मेचीनगर नगरपालिकामा पनि यातायात क्षेत्रको विकाससहित पूर्वाधारमा निक्कै फड्को मारिरहेको अवस्था छ ।

२०७४ सालमा संविधान घोषणा गरेर मुलुकमा संघीयता कार्यान्वयनको सिलसिलामा स्थानीय तहले पनि गाउँ–गाउँमा सिंहदरबार ल्याउने चेष्टा गरिरहेको छ ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि ७ वर्ष यता सर्वसाधारणले यातायात क्षेत्रमा देखिने र भोगिने तहको परिवर्तन अनुभव गरेका छन् । मेचीनगर नगरपालिकाले वर्षेनी आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासमा राम्रै बजेट राखेर योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

‘पहिले गाउँको बाटो ग्राभेल गर्न तथा अन्य सेवा लिन नै किन नहोस् झन्झट धेरै ब्यहोर्नु पथ्र्यो’, मेचीनगर–१ का सरोज तामाङले भने, ‘यातायात क्षेत्रको सेवा प्रवाहमा धेरै सुधारको अनुभव भएको छ । यो राम्रो पक्ष हो ।’

नगरबासीले यसरी पहिलेभन्दा सेवा सुधारिएको अनुभव गर्नुका पछि स्थानीय सरकारले अपनाएको नीति नै मुख्य कारण हो । सरकारले यातायात लगायत पूर्वाधार क्षेत्रको विकास र सुधारका लागि नीतिगत रुपमा नै विभिन्न योजनाहरु ल्याएर कार्यान्वयनमा लगेको छ ।

यसको प्रत्यक्ष फाइदा नगरबासीलाई भएको छ । नगरपालिकाको पूर्वाधार शाखाले सडकको विकाससँगै यातायातलाई सहज बनाउन नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा आन्तरिक श्रोतमा वृद्विका लागि पूर्वाधार विकास, एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन र विकास आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी सम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका सडक यातायात गुरु योजना बनाएर मापदण्ड अनुसार अन्तर्राष्ट्रिय रोड नेटवर्कको विकास गर्न सकिने बताए । साँघुरो सडक, बाक्लो बस्तीका कारण घन्टौं जाममा बस्नु पर्ने बाध्यतालाई हटाउन बेलैमा योजना बनाएर लाग्न सके नगरबासीको हित हुने उनको बुझाई छ ।

साना–ठुला र मुख्य सडकहरुलाई पहिचान गरेर याायात क्षेत्रको सहज हुने गरी शहरिया, गाउँ र बजार क्षेत्रको विकासमा उचित व्यवस्थापन गरेर लाने प्रक्रियामा नगरपालिका रहेको अधिकारीले बताए ।

स्थानीय सरकारबाट कानून बनाएर साना सवारीहरुलाई अस्थायी सवारी चालक अनुमति पत्र, सवारी दर्ता तथा नविकरण प्रक्रियालाई व्यवस्थित बनाउन, यातायात क्षेत्रको अनुगमन, नविकरण दस्तुर अनलाइनबाट तिर्न सक्ने गरीको प्रणाली विकास गर्नका लागि यातायात व्यवस्था कार्यालय बिर्तामोड र प्रदेश सरकारसँग समन्वय गरेर वैकल्पिक बाटाहरु खोजिने बताइएको छ ।

मेयर गोपालचन्द्र बुढाथोकीले यातायात तथा पूर्वाधार विकासका लागि ठुला योजनाहरु यसपटकको बजेटमा समावेश गरिएको जानकारी दिए ।

‘गत वर्ष १८ किलोमिटर सडक विस्तार गरिएको छ’, बुढाथोकीले भने, ‘बहुवर्षीय योजना अन्तरगत वर्षेनी ३÷४ किलोमिटर सडक बनिरहेको छ । भद्रपुर, बिर्तामोड, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र छिमेकी जिल्ला इलामसँग जोडिएर धेरै यातायात तथा पूर्वाधार विकासमा ठुलो लगानी गरिएको उनको भनाई छ ।

उनका अनुसार बजेटको आधा हिस्सा सडक तथा पूर्वाधार विकासमा खर्च हुनेछ । विश्व बैकँको सहयोगमा धुलाबारी उत्तर थोप्लेविरानसम्मको शहिद विरेन राजबंशी मार्ग र काँकरभिट्टादेखि बाहुनडाँगीसम्मको शहिद विश्वनाथ घिमिरे मार्ग नामाकरण गरेर सडक विस्तार गरिने तयारी भएको छ ।

यी दुई ठुला सडकका लागि ९४ करोड बढी लगानी हुनेछ भने यातायात क्षेत्रको सुधारका लागि अन्य साना–ठुला सडकमा पनि करिब ६ करोड बजेट छुट्टाइएको नगरपालिकाले जनाएको छ । घरआँगन र जताततै सडकहरु बनिएकाले यातायातमा पहुँच पुग्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन् । एशियाली राजमार्गको स्तर उन्नतिसँगै मेचीनगरको मुहार फेरिने कुरामा स्थानीय ढुक्क छन् ।

मेचीनगर–१५ की फुलमती चौधरीले भनिन्, ‘पहिला विचार्नी चोकबाट सदरमुकाम (चन्द्रगढी) पुग्न गाडी थिएनन् । घन्टौं लगाएर हिँडेर जानु पथ्र्यो । अहिले घर अगाडि गाडी आउँछ । सडकको विकाससँगै यातायात क्षेत्रमा सुधार भएको छ । यस मानेमा पनि स्थानीय सरकारको कामलाई धन्यवाद दिनैपर्छ ।’

त्यसो त मेचीनगरको १५ वटै वडा कार्यालयले पनि सडक सुरक्षा र अवस्था सुधारमा पर्याप्त काम गरिरहेको छ । ग्रामीण सडक आयोजनादेखि धेरैवटा वहुवर्षे सडकमा लगानी गरेको संघ, प्रदेशले गौरवका आयोजनामा सडक पनि बनिरहेको छ ।

जसका कारण यातायात क्षेत्रको सुधारका लागि पर्याप्त योगदान भएको छ । यसबाहेक सडक सुरक्षाका लागि पनि स्थानीय सरकारले धेरै योजनाहरु अघि सारेको छ ।

‘नगरपालिकाको पूर्वाधार क्षेत्रलाई सुव्यवस्थित र सुरक्षित तुल्याउन प्रयासरत छ’, उपमेयर उप्रेतीले भनिन्–‘हामी सडक तथा यातायात क्षेत्रमार्फत आम नागरिकलाई गाउँ गाउँमा सिंहदरबारको सकारात्मक सन्देश दिन प्रतिबद्ध छौँ ।’

(यो लेखका लागि मेचीनगर नगरपालिकाले मेचीनगर सञ्चार प्रतिष्ठान मार्फत लेखनवृत्ति उपलब्ध गराएको हो ।)

पछिल्लो समाचार

सेनाले चलाएको सर्पदंश उपचार केन्द्र भरपर्दो बन्दै

अघिल्लो समाचार

रोटरी काँकरभिट्टाको पदहस्तान्तरणमा भुवन सुब्बा सम्मानित

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.