मेचीनगर, ४ कात्तिक । आज विहानै काँकरभिट्टामा जंगली हात्तीकाे आक्रमणबाट एकजना महिला घाइते भएकी छन् ।
मंगलबार विहानै मेचीनगर-६ स्थित काँकरभिट्टामा देखा परेकाे जंगली हात्तीले ५ वजे फायरिङ चाेक नजिकै फुल टिप्दै गरेकी ७४ वर्षीया उसीला राईलाई आक्रमण गरेकाे थियाे ।
घाइते भएकी राईलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियाे ।
त्यहाँबाट थप उपचारका लागि दमक स्थित लाइफ लाइन अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाकाे भनाई छ ।
विहान ५ वजे आक्रमण गरेकाे हात्ती सतिघट्टा चिया बगानतिर पसेकाे प्रहरीले बताएको छ ।




Discussion about this post