झापा, २४ फागुन । जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रियाअघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको उक्त आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो ।
जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ गते जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।
संयोजक गौरीबहादुर कार्कीको आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन् ।




Discussion about this post