
झापा, १८ चैत । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्ने गरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ,’ ओलीले सर्वदलीय बैठकपछि भनिन् ।
रास्वपाले सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने भएको छ ।
चैत २० गते सभामुखकाे उम्मेदवारी मनाेनयन दर्ताकाे समय छ । पहिलाे दल भएकोले अर्याल सभामुख बन्ने छन् ।
उपसभामुख पदमा संविधान अनुसार विपक्षी दलकाे नेता हुने छन् ।




Discussion about this post