झापा, २४ चैत । महोत्तरी स्थित जलेश्वर बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलबार विहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका-५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए ।
ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु एसईई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।
घटनामा घाइते तीन जना मध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूकाे जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।
प्रहरीले हालसम्म मृतक तथा घाइते मध्ये कसैको नाम, थर र वतन खुलाएको छैन ।
मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ ।




Discussion about this post