
काँकरभिट्टा, २९ चैत । काँकरभिट्टामा निजी क्षेत्रकाे लगानीमा २०३७ सालमा स्थापना भएको सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले आज आफ्नो ४५औँ वार्षिकोत्सव भव्यरूपमा मनाएकाे छ ।
उक्त विद्यालय स्थापना गर्ने सञ्चालक काँकरभिट्टा माविका पूर्व प्रधानाध्यापक दिलिप अधिकारी हुन् ।
आफ्नै विद्यालय परिसरमा आयोजना गरिएको वार्षिकोत्समा विभिन्न विद्याका विद्यार्थीहरूले आ-आफ्नो प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
निक्कै व्यवस्थित रहेकाे कार्यक्रममा आफ्ना छाेरा-छाेरीहरूकाे क्षमता हेर्न अभिभावकहरू उत्सुकताका साथ बसेका थिए ।
कार्यक्रममा यसअघि विद्यालयले तयारी गरेकाे अतिरिक्त क्रियाकलाप, शैक्षिक, इसीए र अन्य विद्यामा विजेता विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियाे ।
नर्सरीदेखि कक्षा-१० सम्मका कुल ४५२ विद्यार्थीहरू मध्ये धेरैले नित्य, गीत लगायत सांगीतिक कार्यक्रममा भाग लिएका थिए ।
त्यस्तै अभिभावक, शिक्षक, शिक्षिका, कर्मचारी समेतले विद्यार्थीहरूकाे प्राविधिक र शैक्षिक क्षेत्रमा हाैसला बढाउन विभिन्न कार्यक्रममा भाग लिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अभिभावक प्रतिनिधि काजी पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक शिव मैनालीले विद्यालयको भावि याेजनासहितकाे वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमकाे औंचित्य माथि शिक्षिका सुमित्रा बाँस्ताेलाले र स्वागत शिक्षक डिल्लीराम भण्डारीले गरेका थिए ।
विद्यालयकाे अतिरिक्त क्रियाकलाप अन्तरगत ´रेडियो साथि` कार्यक्रमका विद्यार्थीहरूले सहजीकरण गरेका थिए ।




Discussion about this post