झापा, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरेकाे हाे ।
नयाँ मूल्य सूची अनुसार डिजेल-मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ ।
परिवर्तित मूल्य अनुसार, डिजेल-मट्टीतेलको भाउ प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य वढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैंसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैंसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैंसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैंसा घाटा कायम रहेको निगमले जनाएको छ ।




Discussion about this post