१९ जेष्ठ २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

नगरपालिका–बाणिज्य संघको साझेदारीमा चारआलीमा ‘सब्जी मण्डी’ बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार
0
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

 

मेचीनगर, ४ वैशाख । चारआलीमा वर्षाैंदेखि व्यवस्थित सब्जी मण्डीको माग गरिरहेका व्यवसायीहरूले अब राहत पाउने भएका छन् ।

व्यवसायीहरूको गुनासोलाई ध्यानमा राखेर मेचीनगर नगरपालिकाले उक्त मागलाई सम्बोधन गरिदिने भएका हुन् ।

चारआलीमा व्यवस्थित सब्जी मण्डीका लागि नगरपालिका र मेची उद्योग बाणिज्य संघबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल तथा मेची उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष खेमराज प्रसाईं, कार्यकारी निर्देशक गोपाल वस्नेतको हस्ताक्षर रहेको छ ।

नगरपालिकाले मेचीनगर–१३ स्थित चारआली चौकदेखि दक्षिण भद्रपुर रोड जाने सडकको पुरानो आइतबारे हटियाको १६ कठ्ठा १४ धुर जग्गामा सब्जी मण्डी राख्न बाणिज्य संघलाई सहमति दिएको छ ।

सम्झौतामा नगरपालिकाको सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तरगत संघले सब्जी मण्डी निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न लागि बार्षिक ६ लाख ३५ हजार रूपैयाँ तिर्नु पर्ने छ ।

सहमति अनुसार संघले टहरा र पार्किङ निर्माण गर्नु पर्नेछ भने नगरपालिकाले जग्गा लेवलिंग, कल्भर्ट निर्माण, विद्युत, खानेपानी र सीसी क्यामेरा जडान गरिदिने छ । संघले समिति गठन गरेर सब्जी मण्डी सञ्चालनसँगै व्यवसाय दर्ता गरेर व्यवसाय गर्न, पार्किङ, सरसफाइ, खानेपानी, सीसी क्यामेरा मर्मत गर्नु पर्नेछ ।

स्थानीय तरकारीको उत्पादनमा वृद्वि गर्न, प्रोत्साहन गर्न, सुरक्षित तथा व्यवस्थित तरकारी बजार व्यवस्थापन गर्न, स्थानीयमा उत्पादन गरिएको तरकारीको न्यूनतम मूल्य निर्धारण गरि कृषकको बजारमा पहुँच वृद्वि गर्ने नगरपालिका–बाणिज्य संघको उदेश्य रहेको छ ।

संघले चारआलीका कार्यसमिति सदस्य मानकुमार कटुवालको नेतृत्वमा स्थानीय सब्जी व्यवसायीहरूको सहयोगमा टहराहरू निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

टहरामा करिव २५ वटा कोठा रहने गरि फलामका पोल र ट्रष्ट लगाउने, माटो सम्याउने, नाला, कल्भर्ट, स्ल्याब, सोलिङ लगायतका निर्माणका काम भइरहेको छ । वडाध्यक्ष सिग्देलले यो सब्जी मण्डी बनेपछि स्थानीय व्यवसायीलाई धेरै राहत मिल्ने बताएका छन् ।

यसअघि १४ वर्षदेखि अव्यवस्थित रूपमा मेचीनगर–१२ को चारआली स्थित सब्जी मण्डी सञ्चालनमा रहेको छ । यहाँको सब्जी मण्डीमा इलाम लगायतका पहाडी जिल्लाबाट व्यापारीले तरकारीहरू ल्याउने गर्दछन् ।

मण्डीमा ल्याइएका सब्जीहरू व्यवसायीहरुले स्थानीय बजार तथा विराटनगर, इटहरी, धरान लगायतका ठाउँहरूमा लाने गर्दछन् ।

 

 

पछिल्लो समाचार

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

अघिल्लो समाचार

सर्वाेच्चले थापा सभापति रहेकाे कांग्रेसलाई दियाे आधिकारिकता

Related Posts

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
banner

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार
लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर
banner -1

लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर

जेष्ठ १२, २०८३, १:४१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.