७ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ७ बैशाख । नेपाल पुलिस फुटबल क्लबले भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६-० को फराकिलो जित निकाल्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मीना देउवा र एक गोल अनुष्का शेर्पाले गरिन् ।

खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मीना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् ।

पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।

खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मीना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् ।

३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् । पहिलो हाफको ४० मिनेट ४-० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो ।

दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन् ।

रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् ।

मीना देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् । चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

अघिल्लो समाचार

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

Related Posts

यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.