मेचीनगर, २५ असाेज । पूर्वी नाका काँकरभिट्टामा आजदेखि सुविधा सम्पन्न हाेटल सञ्चालनमा आएको छ ।
आज घटनास्थापनाकाे साइत पारेर मेचीनगर-६, काँकरभिट्टा स्थित फायरिङ चाेकमा चारतले हाेटल राेयल सीमाना सञ्चालनमा ल्याइएकाे हाे ।
हाेटलकाे उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, युवा व्यवसायी एवम् समाजसेवी केशवराज पाण्डेले गरेका थिए ।
फुल बतानुकुलित (पूर्ण एसी), डिलक्ससहित २६ वटा रूम, बार, रेष्टुरेन्ट, अण्डर ग्राउण्ड पार्किङ, २ वटासम्म ईभि गाडी चारजिङ गर्न मिल्ने गरिकाे चारतले सुविधा सम्पन्न हाेटल रहेकाे सञ्चालक चन्द्रप्रसाद सिटाैलाले जानकारी दिए ।
हाेटलमा लिफ्ट, मिटिङ हल, विवाह, पार्टी, ब्रतबन्ध, सेमिनार, गाेष्ठि लगायतका कार्यक्रम र वैठकहरू गर्न मिल्ने हलहरू पनि रहेकाे उनकाे भनाई छ ।
सञ्चालक चन्द्रका कान्छा छाेरा विश्वास सिटाैला हाेटलका प्राेपाइटर रहेका छन् । प्रोपाइटर विश्वास सिटाैला भन्छन्-´आफ्नै ठाउँमा केही गर्ने हुटहुटी थियाे । मास्टरडिग्री सकेपछि विदेश नगएर हाेटल चलाउने साेचतिर लागे ।`
भारत, बंगलादेश र भूटानकाे सीमा जाेडिएकाे नेपालकाे पूर्वी सीमा नाका काँकरभिट्टा आन्तरिक र बाह्र पर्यटकहरूकाे आकर्षक मुख्य गन्तव्यका रूपमा रहेकाे छ ।
मेचीनगरमा ठुलठुला पाँचतारे हाेटल, क्यासिनो र सुविधा सम्पन्न हाेटल, रेष्टुरेन्ट र बारहरू सञ्चालनमा छन् । अझै केही क्यासिनोसहितका ठुला हाेटलहरू बन्ने तयारीमा छन् ।




Discussion about this post