झापा, १२ वैशाख । काठमाडौँ उपत्यकाको जडिबुटीकाे मनाेहरा क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने क्रममा डाेजरमा ढुंगामुढा प्रहार भएकाे छ ।
भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी वस्ती हटाउने प्रयास भइरहेका बेला केही स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका हुन् ।
अतिक्रमित संरचना हटाउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार सुरु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
ढुंगामुढापछि केहीबेरदेखि भवन भत्काउने कार्य रोकिएको छ ।
चारैतिरबाट ढुंगामुढा प्रहार भएपछि सशस्त्र प्रहरीकाे टोलीले आजका लागि अभियान स्थगित गरेको जनाएको छ ।
त्यसपछि टोली विस्तारै पछाडि हटेकाे छ ।




Discussion about this post