मेचीनगर, १३ वैशाख । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेपछि अवैध रूपमा भन्सार छलेर भारतबाट इन्धन ल्याउन थालिएकाे छ ।
शनिबार राति भारतकाे सीमा नाका कुमाेरखाेदबाट भन्सार छलेर ल्याउदै गरेकाे डिजेल प्रहरीले बरामद गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राति ८ वजे झापा गाउँपालिका-१ लसुना स्थित इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको एकसय लिटर डिजेल (इन्धन) बरामद गरेकाे छ ।
प्रहरी आएको थाहा पाएपछि डिजेल छाडेर भागेकाे बताइएकाे छ ।
नेपालमा भन्दा भारतमा इन्धनकाे मूल्य कम छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अकासिएपछि भारतबाट अवैध रूपमा इन्धन ल्याउन थालिएको छ ।




Discussion about this post