


मेचीनगर, २० असार । मेचीनगरका महिला उद्यमीहरूले डिजिटल प्रविधिमार्फत आफ्नो व्यवसाय प्रवर्द्धनका विषयमा तालिम लिएका छन् ।
मेची उद्योग बाणिज्य संघकाे आयोजना र नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशकाे सहयाेगमा धुलाबारीमा शुक्रबार र शनिबार महिला उद्यमी, व्यवसायीहरूका लागि डिजिटल प्रविधिकाे माध्यमबाट बजार प्रवर्द्धन सम्बन्धि प्रशिक्षण गरिएकाे थियाे ।
मेचीनगरका करिव ४० जना महिला उद्यमीहरूलाई डिजिटल प्रविधिका रूपमा फेसबुक, टिकटक, इन्स्टाग्राम, वाट्सएप, युट्युव लगायतबाट व्यापार व्यवसाय बढाउने उदेश्यले दुई दिने तालिम आयोजना गरिएको थियाे ।
कार्यक्रममा काेशी प्रदेशमा उद्यम व्यवसाय अन्तरगत
उदय परियोजनाका कार्यक्रम अधिकृत विष्णु काफ्ले र संघका कार्यसमिति सदस्य कम्प्युटर इन्जिनियर अर्जुन तिवारीले प्रशिक्षण दिएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंकाे अध्यक्षता र नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेश उपाध्यक्ष ऋषिराज तिम्सिनाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि तिम्सिना, अध्यक्ष प्रसाईं, कार्यकारी निर्देशक गाेपाल वस्नेत, तालिममा सहभागी महिला उद्यमीहरूले आ-आफ्नाे विचार राखेका थिए ।
संघकी महिला उपाध्यक्ष उषा नेपाली श्रेष्ठले धन्यवादसहित समापन मन्तव्य राखेकी थिइन् । कार्यक्रमकाे सहजीकरण संघका महासचिव ध्रुब कनालले गरेका थिए ।




Discussion about this post