झापा, २२ असार । नर्वेले ब्राजिललाई हराइदिएकाे छ ।
फिफा विश्वकप-२०२६ को अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमाप्रवेश गरेको छ ।
नर्वेले पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमाआफ्नो स्थान सुरक्षित गरेको हो । स्टार स्ट्राइकर अर्लिङ हालान्डले ७९ औं र ९० औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए ।
नेयमार जुनियरले स्टपेज टाइम (९० प्लस १० औं मिनेट)मा पेनाल्टी मार्फत ब्राजिलका लागि एक मात्र गोल गरे । न्यु जर्सी रंगशालामा खेलिएको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७९ औं मिनेटमा हालान्डले उत्कृष्ट हेडरमार्फत नर्वेलाई १-० को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा हालान्डले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई २-० मा पुर्याए ।
यस खेलमा दुई गोल गरेसँगै हालान्डले जारी फिफा विश्वकपमा कुल सात गोल पूरा गरेका छन् । उनी अब प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरूको सूचीमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीसँगै सामेल भएका छन् ।
योसँगै गोल्डेन बुटका लागि हुने प्रतिस्पर्धा झन रोमाञ्चक बनेको छ । हारसँगै ब्राजिलको यो विश्वकप यात्रा अन्तिम १६ मा समाप्त भएको छ ।




Discussion about this post