बाहुनडाँगी, ८ भदाै । भन्सार छलेर अवैध रूपमा नेपाल भित्राउँदै गरिएका चार बाेरा आइफाेन माेवाइलकाे पार्टस सशस्त्र प्रहरीले बाहुनडाँगीबाट बरामद गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल वीओपी बाहुनडाँगीले आइतबार राति मेचीनगर-४ स्थित माता चाेक नजिकैबाट करिव १८ लाख एक हजार मूल्य बराबरकाे चार बाेरा आइफाेन माेवाइलकाे पार्टसहरू बरामद गरेकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल वीओपी बाहुनडाँगीका सशस्त्र प्रहरी नायव निरीक्षक रूद्रविर राईकाे कमाण्डमा खटिएको ७ जनाकाे टाेलीले भारतबाट मेची खाेला तरेर अवैध रूपमा भन्सार छलेर ल्याउदै गर्दा साे सामान छाडेर भागेपछि बरामद गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हे.क्वाटर झापाका अनुसार साे सामानकाे १८ लाख एक हजारकाे मूल्य राखि साेमबार मेची भन्सार कार्यालय बुझाएकाे छ ।




Discussion about this post