मेचीनगर, १६ भदाै । झापा मेचीनगरकाे गहनाकाे रूपमा रहेकाे पूर्वकै लाेकप्रिय पाँचतारे हाेटल मेची क्राउनले बाढी पीडितलाई २६ लाख सहयाेग गरेकाे छ ।
मेचीनगर-८ काे निन्दा पुल नजिक रहेकाे हाेटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको हाे ।
मेची क्राउनका सञ्चालक बलराम साकोटाले साेमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश पौडेल) लाई २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
बाढी तथा प्राकृतिक विपद्बबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरकाे चेक सहयोग गरेको थियाे ।
यही भदाै १० गते चीनकाे तिब्बत तर्फबाट रसुवाकाे भाेटेकाेशीमा आएको बाढीले छिमेकी विभिन्न जिल्लामा जनधनकाे क्षति गरेकाे थियाे ।
अहिलेसम्म मृत्यु हुनेकाे संख्या ९७४ जना पुगिसकेका छन् । ४ हजार ५९९ जना अझै सम्पर्कविहिन छन् ।
यसैगरी, झापाका विभिन्न सामाजिक संघ-संस्थाहरूले पनि सहयाेग दिने कामलाई जारी राखेका छन् ।




Discussion about this post