झापा, ३० भदाै । झापाकाे मेचीनगरका पत्रकार एवम् समाजसेवी सन्तोस आचार्य उज्यालो नेपाल पार्टीकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।
काँकरभिट्टा निवासी आचार्यलाई उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले साेमबार पार्टीमा प्रवेश गरेका थिए ।
अध्यक्ष घिसिङले स्वागतसहित केन्द्रीय सदस्यमा मनाेनित गरेका थिए । आचार्य दुई दशक भन्दा बढीदेखि राजनीति र पत्रकारितामा सक्रिय छन् ।
आचार्य नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव, प्रेस चाैतारी नेपालका पूर्व झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य, प्रेस क्लव मेचीनगरका संस्थापक अध्यक्ष,
नेकपा एमालेकाे खानेपानी तथा सरसफाइ विभागका पूर्व केन्द्रीय सदस्य लगायत विभिन्न सामाजिक संघ-संस्थामा आवद्व छन् ।
यसैगरी पार्टीले युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याललाई महासचिव पदमा नियुक्त गरेकाे छ । उनलाई अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गराएका हुन् ।
घिसिङले उनीहरूसँगै केन्द्रीय सदस्यमा कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललाई मनाेनित गरेका थिए । ।




Discussion about this post