मेचीनगर, १३ असाेज । मेचीनगर नगरपालिकाले चारआलीमा अवैध रूपमा सञ्चालन गरिएको मनकामना अस्पताललाई शिल गरेकाे छ ।
मंगलबार नगरपालिकाबाट बजार अनुगमनमा खटिएको टाेलीले अस्पताल अवैध रूपमा सञ्चालन गरेको पाइएकाेले बन्द गरेको हाे ।
अस्पताल दर्ता नगरी सञ्चालन गरेकाे, म्याद नाघेका औषधिहरू पाइएकाेले अस्पताल शिल गरिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटाले जानकारी दिइन् ।
अस्पताल सञ्चालनको स्वीकृति नलिइ सञ्चालन गरेको, दर्ता र नवीकरणसहित आवश्यक कागजात नभएको पाएपछि नगरपालिकाले बन्द गरेकाे उनकाे भनाई छ ।
यसअघि २०८२ असाेज ३० गते र कार्तिक ३० गते दुई पटक अस्पताललाई पत्र काटेर दर्ता गरेर सञ्चालन गर्न सचेत गराएकाे थियाे ।
अस्पतालका सञ्चालक डाक्टर दीलिपकुमार यादवले अहिलेसम्म आवश्यक कागजात पुरा नगरी, दर्ता नगरी, म्याद नाघेका औषधि प्रयाेगका लागि राखिएको र अटेर गरेर सञ्चालन गरेकाेले स्थानीय, जनप्रतिनिधि र अस्पतालका कर्मचारीकाे राेहवरमा अस्पताल शिल गरिएको अनुगमन टाेलीका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।
बजार अनुगमन टाेलीमा नगरपालिकाका खाद्य विश्लेषक कार्की, स्वास्थ्य शाखा प्रमुख सापकोटा, नगर अस्पतालका डाक्टर प्रकाशचन्द्र गछदार, पशु चिकित्सक डा. सुशान्त भट्टराई , वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष रविन्द्र न्याैपाने, कार्यपालिका सदस्य अमित खम्बु, इलाका प्रहरी कार्यालय चारआलीका प्रमुख सई किरण राई, प्रहरी हवलदार कल्पना भण्डारी, नगरप्रहरीहरू विशाल राजबंशी, दीपाकुमारी राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत रहेका थिए ।




Discussion about this post