मेचीनगर, २१ असाेज । मेचीनगर नगरपालिकाले जिल्लाकाे सराेकारवाला निकायकाे सहकार्यमा बुधबार पेट्रोलपम्प, एग्राेभेट, सुन र खाद्यान्न पसलमा बजार अनुगमन गरेकाे छ ।
नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा ईटाभट्टा र काँकरभिट्टा बजारका खाद्यान्न, पेट्रोल पम्प, सुन पसल र एग्राे भेटमा अनुगमन गरेको हाे ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीकाे नेतृत्वमा बुधबार १२ वटा पसलमा अनुगमन गरिएकाे थियाे । जसमा पूर्वाञ्चल पेट्रोलियम सेन्टर, प्रनिक आयल स्टाेर, हिरा-लक्ष्मी किराना पसल, सहारा भेटेरिनरी औषधि पसल, मेची किराना पसल, काँकरभिट्टा काेल सेन्टर, अनुस्का किराना पसल, थापा किराना पसल, मेची मिट मार्ट, सुरज ज्वेलरी, रालाल ज्वेलरी, माँ लक्ष्मी ज्वेलरी पसलमा अनुगमन तथा निरीक्षण गरेको थियाे ।
दुई वटा पेट्रोल पम्पमा ५ लिटरकाे चेक मेजरले जाँच गर्दा गुणस्तर ठिकै रहेकाे पाइएकाे थियाे । त्यस्तै मिट मार्ट तथा अन्य खाद्यान्नका पसलहरूमा अनुगमन गर्दा नयाँ दर्ता, नविकरण गर्न सुझाव र म्याद नाघेका केही सामग्री बरामद गरेकाे थियाे ।
बजार अनुगमन टाेली प्रमुख कार्की, पशु चिकित्सक डा.सुशान्त भट्टराई, जिल्ला स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता शाह, गुणस्तर तथा नाप ताैल कार्यालय झापाका सिनियर मिस्री विजयनन्द चाैधरी, कार्यालय सहायक कामिन राजबंशी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक सई नारायणप्रसाद भट्टराई, नगरप्रहरीहरू नारायण खनाल, नरबहादुर थापा, संगीता उराउ, बुद्वि राई, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायत रहेका थिए ।




Discussion about this post