मेचीनगर, ७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र नेपालका प्रधानमन्त्री बालेन साहले आज संयुक्तरूपमा सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन अन्तरगतकाे ग्रीनफिल्ड टर्मिनल परियोजनाकाे शिलान्यास गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री माेदीले नयाँ दिल्लीबाटै चारआली स्थित ग्रीनफिल्ड टर्मिनल परियोजनाकाे डिजिटल माध्यमबाट स्वीइच ओन गरेर एकैसाथ शिलान्यास गरेका हुन् ।
यता नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साह, निर्देशक विनितमणि उपाध्य, निगम सञ्चालक तथा उद्योग , बाणिज्य एवम् उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक तथा इन्डियन आयल कर्पाेरेसनका कार्यकारी निर्देशक श्यामानन्द झा, कन्ट्री म्यानेजर निरूपण रायजादा, भारतीय राजदुताबासका अधिकारीहरू निशा धवल, कुमुदा पाेखरेल लगायत दुवै तर्फका प्रतिनिधिहरूले संयुक्तरूपमा शिलालेखकाे अनावरण गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेल, १३ नम्बर वडाका वडा अध्यक्ष कउष्णराज सिग्देल लगायत उच्चस्तरका कर्मचारी, सुरक्षाकर्मीहरूकाे उपस्थिति रहेकाे थियोे ।
कार्यक्रमकाे सञ्चालन नेपाल आयल निगम चारआलीका प्रमुख उमेश पाेखरेलले र सहजीकरण परियोजना प्रमुख इन्जिनियर सुरेन्द्र महताेले गरेका थिए ।
२३ विगाहा ३ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेकाे परियोजना स्थलमा २२ किलाेलिटरका ३ वटा पेट्रोल ट्याङ्की र ४१ किलाेलिटरका ३ वटा डिजेल ट्याङ्की रहनेछन् । कुल १८ हजार ९ सय किलाेलिटर तेल भण्डारण हुनेछ ।
सिलिगुडीदेखि चारआलीसम्म ५० किलोमिटरसम्म अन्डरग्राउण्ड पाइपलाइन विस्तार हुनेछ । भारततिर ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइपलाइन रहनेछ ।
३६ महिनामा परियोजना सक्ने गरि कुल ११ अर्व १४ कराेड नेपाली रूपैयाँ लाग्ने छ । जसमा पाइपलाइन विस्तारका लागि ४ अर्व र ग्रीनफिल्ड टर्मिनलका लागि ६ अर्व ८७ कराेड लाग्ने बताइएकाे छ ।
उक्त निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च भारतीय सरकारकाे अनुदान रहेकाे छ । यता टर्मिनलमा काम भइरहेकाे छ भने भारततिर चाँडै टेन्डर गरिने जनाएकाे छ ।
परियाेजना बन्नेपछि काेशी प्रदेश र मधेस प्रदेशका केही नजिकका जिल्लामा इन्धन सहज हुने छ । सडक जाम, विभिन्न माग र आन्दोलन, ढुवानी खर्च, प्रदुषण लगायतका समस्या हट्ने छन् ।




Discussion about this post