२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ढकाल उपाध्यक्षका ‘साझा उम्मेदवार’ घोषणा

चैत्र १९, २०७९, १:५० .आइतवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ चैत । झापाका उद्योगी व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत संघतर्फको उपाध्यक्ष पदका उम्मेद्वार हेमराज ढकाललाई ‘साझा उम्मेदवार’ घोषणा गरेका छन् ।

उनी हाल महासंघको केन्द्रीय सदस्य । ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा उपाध्यक्ष पदको सशक्त दावेदार हुन् ।

भद्रपुर निवासी उनी एसियाकै सबैभन्दा ठूलो गार्मेन्ट उद्योगको रुपमा एक दशकअघि चिनिएको मोमेन्टो एपरेल्सको सञ्चालक, झापा टी इस्टेटको प्रबन्ध निर्देशक र एक्सेल डेभलपमेन्ट बैंकको पूर्व अध्यक्ष हुन् । यही चैत २८ र २९ गते काठमाडौंमा महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

महासंघको अध्यक्ष पदमा चण्डीराज ढकाल निर्वाचित भएको लामो अवधिपश्चात पहिलोपल्ट झापाका उद्यमीले उपल्लो तहको जिम्मेवारीमा उम्मेदवारी दिएको पहिलोपल्ट भएकाले उनलाई जिताउन झापाका उद्योगी व्यवसायीहरु एकजुट भएर लागेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवालले बताए । संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी ढकाल साझा उम्मेदवार भएको जानकारी गराएको थियो ।

सो अवसरमा नेपाल चिया उत्पादक संघ, नेपाल इँटा महासंघ, नेपाल भेनियर महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अलैची व्यवसायी महासंघ, झापा उद्योग संघ र नेपाल अदुवा व्यवसायी संघले उपाध्यक्षका उम्मेदवार ढकाल बस्तुगत संघहरुको साझा उम्मेदवार भएको भन्दै जिताउने अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

नेपाल चिया उत्पादन संघको केन्द्रीय समितिको पूर्ण बैठकले झापाका चिया उद्यमी समेत रहेका ढकाललाई महासंघको उपाध्यक्ष (बस्तुगततर्फ) पदको सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो ।

संघका अध्यक्ष अग्रवालले चिया उत्पादक तथा व्यवसायीहरुको समस्या समाधानका लागि सरकारसम्म बुलन्द रुपमा आवाज पुर्याउन सक्ने एकमात्र नेता ढकाल भएको बताए ।

नेपालमा रहेका १२३ वटा बस्तुगत संघले ढकाललाई जिताउने अभियानमा समर्थन जनाएको नेपाल भेनियर महासंघका महासचिव दिपक पाण्डेले दावी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उपाध्यक्ष पदमा कोशी प्रदेशमा पहिलोपल्ट झापाको दावी आएको बताउँदै उनलाई जिताउने अभियानमा ऐक्यवद्धता व्यक्त गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य ताराप्रसाद घिमिरे लगायतले ऐक्यवद्धता मन्तब्य व्यक्त गरेका थिए ।

पछिल्लो समाचार

धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी निर्वाचित

अघिल्लो समाचार

तिवारी परिवारले दिए केन्द्रलाई एक कठ्ठा जग्गा

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.