१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सशस्त्रका इन्स्पेक्टरले हवलदारलाई पानीमा चोबाल्दै कुटे

जेष्ठ ३१, २०८०, २:२७ .बुधबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ३१ जेठ । मेचीनगर–६ स्थित नकलबन्द सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

मध्यरातमा नकलबन्द पोष्टबाट हतियारसहित बर्दिमा ड्युटी गरिरहेका सशस्त्र प्रहरीका वरिष्ठ हवलदारहरु पासाङ तामाङ, गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र जवान उमेश राजवंशीलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीन जनाको टोलीले मेची नदीको पानीमा चोबाल्दै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए ।

घाइतेहरूको धुलाबारी स्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे स्थानीयले थाहा पाएपछि ढुंगामुढा समेत गरेका थिए ।

कुटपिटबाट पासाङ र राजवंशीको ढाडमा चोट लागेको छ भने गणेशबहादुरको शरीरभरि नीलडाम बसेको छ । त्यस्तै रामबहादुर र शान्तबहादुरको दायाँ हातमा गम्भीर चोट लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले सो नाकाबाट तस्करी भएको भन्दै ड्युटीमा खटिएका बर्दीधारी सशस्त्रका हवलदारहरूलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा गरेका थिए ।

इन्स्पेक्टर राईसहित तीनैजनालाई बीओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए । सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेका छन् । घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए ।

घटनालाई साम्य बनाउन करिब एकसय सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र अवस्था सामान्य बनेको थियोे ।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिए ।

घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

पछिल्लो समाचार

तुर्केनीमा जिल्लास्तरीय भेट्रान फुटबल हुने

अघिल्लो समाचार

कोशीको अधिवेशन अन्त्य, असार १ गते अध्यादेशबाट बजेट

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.