७ फाल्गुन २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रवि चुनाव जितेपछि पहिलाे पटक झापा आउँदै

साउन ३१, २०८०, १२:०९ .बुधबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ साउन । २०७९ सालकाे प्रतिनिध सभा सदस्यकाे निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलाे पटक झापा आउने भएका छन् ।

सभापति लामिछानेसहित केन्द्रीय नेताको जम्बाे टोली झापाकाे विभिन्न स्थानमा हुने कार्यक्रमका लागि आउने भएका हुन् ।

आज रास्वपा मेचीनगर समितिले धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर साे कार्यक्रमकाे जानकारी गराएको हो ।

सभापति लामिछाने नेतृत्वको टोली भदौ १ र २ गते झापामा सक्रिय भएर खटिने भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने कार्यक्रम तय गरेको छ ।

सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक तथा संघीय सांसद निशा डाँगी, केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायतका केन्द्रीय नेताहरु जिल्लाको विभिन्न स्थानमा जाने कार्यक्रम रहेको झापा सभापति उमेश खरेलले बताए ।

उनले दुई दिनमा करिब ८ वटा कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिए ।

‘सभापति दुई दिनसम्म बिहानदेखि बेलुकासम्म नै खटिनु हुनेछ,’ उनले भने, ‘माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासँगै कचनकवलको बनियानी, झापा बजार, बाहुनडाँगी, बुद्धशान्ति, हल्दिबारीको गोलधाप, शिवगञ्ज जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ ।’

साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् ।

त्यसको भोलिपल्ट भदौ १ गते बिहान बुद्धशान्तिको वडा नं ४ मा रहेको सुकुम्बासी बस्ती जाने, त्यसपछि बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ ।

सोही दिन खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेन्टको अगाडि राखिएको छ ।

सोही दिन झापाका उद्योगी, व्यवसायी, बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भदौ २ गते जिल्लाका विभिन्न ठाउँहरुमा क्षेत्रीय भेला राखिएको छ । १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इटाभट्टा, ३ नं क्षेत्रको बनियानी, ३ नं कै गोलधाप, ४ नं को झापा गाउँपालिकाको झापा बजार, ४ नं. कै शिवगञ्ज बजार, ५ नं को गौरादहमा क्षेत्रीय भेला राखिएको छ ।

सोही दिन लामिछानेले सुरुंगाका सन्थाल परिवारसँग भेट्ने कार्यक्रम पनि रहेको जिल्ला सभापति खरेलले जानकारी दिए ।

रास्वपाले झापाको १५ वटै पालिकामा संगठन विस्तार गरिसकेको छ । गौरीगञ्ज गाउँपालिकामा बुधवार
समिति गठन भएको खरेलले जानकारी दिए । झापा जिल्लामा करिव ५० हजारलाई सदस्य बनाउने गरी अभियान सञ्चालन भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा रास्वपाका कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारीले अब वडा-वडामा संगठन विस्तार गरेर मिसन ०८४ सालको लक्ष्यमा पुग्ने दाबी गरे । रास्वपाले मिसन ०८४ मा बहुमत ल्याएर एक नम्बर पार्टी बनाउने उद्घोष गरेको छ ।

पत्रकार सम्मेलनमा मेचीनगर नगर सभापति कमल गौतमले मेचीनगर-७ स्थित इटाभट्टामा हुने सभालाई व्यवस्थित रुपमा आयोजना गरिने बताए ।

पत्रकार सम्मेलनमा प्रदेश समिति सदस्य, जिल्ला, नगर तथा वडाका पदाधिकारी सहभागी थिए । कार्यक्रमको सञ्चालन दिपक भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

पत्नीको स्मृतिमा आम्दा मेचीलाई स्वास्थ्य सामाग्री

अघिल्लो समाचार

अस्पतालले गर्याे सुत्केरीकाे मृत घाेषणा

Related Posts

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक
banner

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक

फाल्गुन ५, २०८२, १:५३ .मङ्लबार
मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि
box -1

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

फाल्गुन ४, २०८२, १:०६ .सोमवार
झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner -2

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
box -3

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.