२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस अधिवेशन

घिमिरेले गरे नगर सचिवमा उम्मेद्वारी घोषणा

भदौ २१, २०७८, ४:४४ .सोमवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ भदौ । नेपाली कांग्रेस मेचीनगरको सचिव पदमा वाणिज्य शास्त्रमा स्नातक युवा मनोज घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् ।

आज अपरान्ह धुलावारीको होटल रोयल निर्वाणमा पत्रकार भेटघाट आयोजना गरी मेचीनगर– १० निवासी ३८ वर्षीय घिमिरेले नयाँ परिवेशमा युवाहरु राजनीतिको अग्रपंक्तिमा आउन जरुरी ठानेर सचिव जस्तो महत्वपूर्ण पदमा आकांक्षा राखेको बताए ।

उनले राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यमको रुपमा लिएको बताए । उनी भर्खरै मेचीनगर वडा नं. १० बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

२०५४ सालमा नेविसंघको सदस्यता लिएका उनी २०५६ मा संघको कनकाई क्याम्पस इकाई समिति सदस्य, २०६३ मा संघको जिल्ला सदस्य र २०७० देखि नेपाल तरुण दल मेचीनगरको सचिवको जिम्मेवारीमा थिए ।

२०६२÷०६३ को जनान्दोलनमा सक्रिय सहभागी उनी वीपी कोइरालालाई आदर्श नेता र उनको विचारलाई सबैभन्दा राम्रो विचार ठान्छन् । उनले आफु कुनै विचार समूह (गुट)मा नलागेको बताएका छन् ।

‘म कुनै गुटको उम्मेद्वार बन्न चाहन्न,’ उनले पत्रकार सम्मेलनमा भने–‘सबैलाई समन्वय गरेर लैजान सक्ने क्षमता मसँग छ । सही मान्छे सही ठाउँमा हुनुपर्छ भन्ने ठानेर मैले सचिव पदमा न्याय गर्न सक्छु भनेरै उम्मेद्वारी घोषणा गरेको हुँ ।’

उनी सामाजिक गतिविधिमा निकै सक्रिय युवा नेता हुन् । हाम्रो धुलावारी राम्रो धुलावारी, धुलावारी युनिटी, स्वास्थ्य महोत्सव जस्ता कार्यमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए । मेची उद्योग वाणिज्य संघको एक कार्यकाल कार्यकारिणी सदस्य समेत थिए उनी ।

कांग्रेसको नयाँ विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ ।

पत्रकार सम्मेलनमा मेचीनगर वडा नं. १० का नवनिर्वाचित वडा सभापति चन्द्र तिवारीको उपस्थिति रहेको थियो । तिवारीले घिमिरेको उम्मेद्वारी स्वागतयोग्य रहेको बताए ।

पछिल्लो समाचार

सशस्त्र प्रहरीको गणमै एटीएम सेवा

अघिल्लो समाचार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.