९ मंसिर २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोटरीले पुर्याइदियो मेजसा विद्यालयमा शुद्ध पिउने पानी

असार १६, २०८०, ५:३० .शनिबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, १६ असार । खानेपानीको अभाव झेलिरहेको बाहुनडाँगीको एउटा विद्यालयले आजदेखि केहि राहत महसुस गरेको छ ।

नेपालको कर्णाली जिल्ला कै जस्तै हविगत व्यहोरिरहेको मेचीनगरको विकट गाँउको एउटा विद्यालयमा खानेपानीको धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु खुशी भएका थिए । त्यो अवसर जुराईदिएको थियो रोटरी क्लब अफ काँकरभिट्टाले ।

मेचीनगर–२ स्थित मेची जनसाधारण विद्यालयमा विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्व पिउने पानी उपलब्ध होस् भन्ने हिसावले तीन ठाउँमा ९ वटा धारा जडान गरिदिएर रोटरीले उदाहरणीय कार्य गरेको छ ।

शनिबार रोटरीले सो विद्यालयमा एक कर्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो । ३ महिना अघिदेखि रोटरीले मेचीनगर–२ नम्बर वडा कार्यालयसँग सहकार्यमा विद्यालयमा शुद्व पिउनेपानीका लागि संरचना निर्माण थालेको थियो ।

निर्माण सम्पन्न पश्चात रोट्रियर २०२३–२४ का अध्यक्ष ईन्जिनियर रुद्र मैनालीले कार्यभार सम्हालेको पहिलो दिनको अवसरमा आज सो आयोजना विद्यालयलाई हस्तान्तरण गरिएको बताइएको छ ।

अब विद्यार्थीले युभी वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् । विद्यार्थीहरुलाई सहजिकरणका निम्ती सो धाराहरु जडान गरिएको छ ।

वडाध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर कार्यपालिका सदस्य नरेन्द्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बरालले विद्यालयमा शुद्ध पिउनेपानीको आयोजना निर्माण गरिदिएकोमा रोटरीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले विद्यालयले पिउनेपानीको अभाव झेल्नुपरेको स्मरण गरेका थिए ।

‘पानीको संकट थियो’, अध्यक्ष न्यौपानेले भने–‘दुषित पानी पिउनुपर्ने बाध्यता उस्तै थियो । तर अब यो अस्थाको अन्त्य भएको छ । रोटरीलाई धन्यवाद छ ।’

उनले वडा नम्बर २ मा रहेका ३ वटा स्कुल मध्ये दुईवटा स्कुलमा खानेपानी धारा पुग्यो अब गाडागल्लीको एउटा स्कुलमा पनि खानेपानीको धारा पुर्याईदिन रोटरीलाई अनुरोध गरेका छन । रोटरी र वडाको करिव तीन लाख रुपैयाँको बजेटमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।

यसअघि रोटरीले मेचीनगरका केहि विद्यालयमा सो प्रकृतिका योजनाहरु गरेको छ । र अब बाँकी रहेका ठाउँहरुमा पनि चाडै पुर्याउने लक्ष्य रहेको अध्यक्ष मैनालीले बताए । खानेपानी, शिक्षा, स्वास्थ्य, वातावरण लगायतका सामाजिक क्षेत्रमा काम गरिरहेको उनको भनाई छ ।

रोटरीका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्य माथि निवर्तमान अध्यक्ष सुजन प्रधानले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन रोटरीका योजना संयोजक दिपेन्द्रराज पाण्डे र सचिव भगिरथ राईले संयुक्तरुपमा गरेका थिए ।

पछिल्लो समाचार

हात्ती आतंक : मृत्यु हुनेको संख्या बर्षेनी बढ्दै

अघिल्लो समाचार

बिर्तामोडमा ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.