१० मंसिर २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्ती मृत्यु प्रकरण

कालिका र वन कार्यालयलाई अनुसन्धान गर्नुपर्छ : संरक्षणकर्मी

बैशाख ६, २०८१, २:४५ .बिहिबार
0
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ बैशाख । मेचीनगरमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीका विषयमा लामो समयदेखि त्यसक्षेत्रमा काम गरिरहेका संरक्षणकर्मीहरुले छानविन गर्न माग गरेका छन् ।

आज काँकरभिट्टा माविको खेल मैदानमा संरक्षणकर्मीहरु अर्जुनकुमार कार्की, शंकर लुईटेल र देबेन्द्र खरेलले पत्रकार सम्मेलनको आयोजना गरेर तस्करीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका हुन् ।

मेचीनगर–४ का वडाध्यक्ष समेत रहेका संरक्षणकर्मी कार्कीले मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा हात्ती मरेको ३ दिनसम्म कसैले नदेख्नु रहस्यमय रहेको बताए ।

चैत ३० गते हात्ती मारिएको ठाउँमा डडेलो लगाउनु, ३ दिनसम्म सामुदायिक वनका पदाधिकारी, कर्मचारी, हेरालु, उपभोक्ता कसैलाई थाहा नहुनु लगायतका कारण हात्तीको मृत्यु रहस्यमय रहेको उनको दावी छ । दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई तीन राउण्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाले बताएको छ ।

बैशाख ४ गते मंगलबार मृत भेटिएको हात्तीको भोलिपल्ट पोष्टमार्टम गर्र्दा वन्यजन्तु सम्बन्धी जान्ने शिकारीले कान छेउमा ३ राउण्ड गोली हानेर हात्ती मारेर दुईटै दाह्रा लगेको डिभिजन वन कार्यालय झापाका प्रमुख (डीएफओ) मेघराज राईले पुष्टि गरेका थिए ।

गोली हड्डीभित्र छिरेकाले निकाल्न नसकिएको भन्दै हात्तीलाई जंगलमा नै खाल्डो खनेर पुरिएको कार्यालयले जनाएको छ । कार्कीका अनुसार हड्डीभित्र छिरेको गोली निकाल्न नसकेर खाल्डो खनेर पुर्नु शिकारीसँग पुग्ने बाटो अर्थात प्रमाण नष्ट गर्नु शंकास्पद छ ।

डिभिजन वन कार्यालय र कालिका सामुदायिक वनका मान्छेलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने वडाध्यक्ष कार्कीको भनाई छ ।

संरक्षणकर्मी लुईटेल र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहेका खरेलले डिभिजन वन कार्यालय र कालिका सामुदायिक वन पनि जिम्मेवार रहेकाले जतिसक्दो चाँडो छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङले लिन्छ : ओली

अघिल्लो समाचार

डीएफओ राईले भने–वडाध्यक्ष कार्कीले जथाभावी बोल्न मिल्दैन

Related Posts

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास
banner

प्रधानमन्त्री माेदी र साहले गरे सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनकाे शिलान्यास

मंसिर ८, २०८३, २:२५ .सोमवार
मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित
banner -1

मेची उद्योग बाणिज्य संघकाे सदस्यमा ५ जना मनाेनित

मंसिर ८, २०८३, १:१० .सोमवार
झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित
banner -2

झापामा उत्कृष्ट करदाताका रूपमा वस्नेत सम्मानित

मंसिर ८, २०८३, १२:३७ .सोमवार
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.