मेचीनगर, ४ गते । स्कार्पियु गाडीको ठक्करबाट सिटी सफारीमा सवार एकजना महिलाकाे मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका-१५, कालिका चिया बगान स्थित भित्री सडकमा स्कार्पियु गाडीले साेमबार विहान करिव ११ वजे सिटी सफारीलाई ठक्कर दिँदा सफारीमा सवार यात्रुको मृत्यु भएको हाे
काकड्भिट्टाबाट भद्रपुरतर्फ जादै गरेको प्र.१-०१-००२ ह.७८०५ नम्बरको सिटी सफारी र बिपरीत दिशाबाट आउँदै गरको डिभिजन बन कार्यालय झापाको बागमति प्र.०१-००२ झ.७३६० नमबरको स्कार्पियो गाडीसँग ठक्कर खाई दुर्घट्ना हुँदा सिटी सिटीमा सवार यात्रु ऐ.१५ बस्ने अ.बर्ष ४० की आरती उराउ गम्भिर घाईते भई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
चिकित्सकले उराउलाई ११:१५ वजे चेकजाच गरी मृत घोषणा गरेका थिए । शव तत्काल सोही अस्पतालमै रहेको स्कार्पियो गाडी फरार रहेकोमा करिव १२ बजे इप्रका काँकरभिट्टा प्रनाउ निषेश चापागाईको कमाण्डमा खटिएको टोलीले बाहुनडाँगीबाट गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएकाे थियाे ।
गाडी चालक भद्रपुर नगरपालिका-१० बस्ने अनदाजी वर्ष ५४ को लीला श्रेष्ठ, सिटी सफारी चालक साेही ठाउँका अन्दाजी बर्ष ४५ का गम्भिरप्रसाद बातर र सिटी सफारी प्रहरी चाैकी ज्यामिरगढीको नियन्त्रणमा रहेकाे प्रहरीको भनाई




Discussion about this post